विज्ञान जिज्ञासा

महिलाको स्वर सुरिलो हुने कारणहरु

महिलाको स्वर सुरिलो हुने कारणहरु ! मानिसको आवाजले उसको व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागायतका थुप्रै कुराहरु दर्शाइरहेको हुन्छ । आवाजमा हुने मिठासमा अरुलाई प्रभाव पार्ने क्षमता पनि हुन्छ । सामान्यतया पुरुषको तुलनामा महिलाको स्वर सुरिलो हुने गर्दछ । बच्चा उमेरका केटा वा केटी दुवैको स्वर सुरिलो हुन्छ तर विस्तारै किसोरावस्थामा प्रवेश गर्नासाथ पुरुष वा महिलाको स्वरमा अत्तिनै फरक पर्न जान्छ यसो हुनुको कारण महिला र पुरुष लिंगको आधारमा स्वर संरचना भएको भन्ने पक्कै हुँदैछ । विशेषत महिलाको स्वर सुरिलो हुन्छ भने पुरूषको धोद्रो,किन ? त भनी बारेमा तल चर्चा गर्नेछौ ।

आवाज निस्कने क्रममा मुख्यतया फोक्सो, घाँटी र मुखमा हुने केही निश्चित अंगहरुको तीन प्रकारका संयोगहरु जस्तै:- श्वासप्रश्वास प्रक्रिया (breathing), भोकल फोल्डस् (Vocal Folds) को खुल्ने, बन्द हुने तथा थर्कने तरिका र गति (Phonation), अनि Vocal Folds बाट पनि बाहिर घाँटी, नाक र मुखसम्म आइपुग्दा आवाजमा हुने बढोत्तरी प्रक्रिया (Resonance) को प्रमुख भूमिका हुन्छ। मानिसको घाँटीमा रुद्रघन्टीको ठिक भित्रपट्टी हुने कण्ठनाली अथवा घोक्रो (Larynx) भन्ने घाँटीको भागमाथि करिब २० मिलिमिटरका दुईवटा Vocal Folds अथवा परम्परागत तरिकाले भन्दै आइएका Vocal Chords नामक अंगहरु हुन्छन् । बोल्ने क्रममा फोक्सोबाट सास बाहिर निस्कँदा यी Vocal Folds लाई थर्काउँछ। यसरी थर्किंदा एक प्रकारको मधुरो आवाज निस्किन्छ।

तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनन्छ । किन हुन्छ त स्वर परिर्वतन ? किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो । किशोर अवस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन हुन्छ । यो हार्मोनको उत्पादनले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउँछ । यसले ल्यारिङ्क्स (Larynx) को आकारमा पनि परिवर्तन ल्याउँछ र स्वर धोद्रो हुन्छ । तर महिलाको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन नहुने हुँदा स्वरमा खासै परिवर्तन आउँदैन ।

यो पनि पढ्नुहोस् 

गायक गायिकाको स्वर सुरिलो हुने कारणहरु

पुरुषको घाँटीमा मात्र रुद्रघण्टी किन हुन्छ ?

रुद्रघण्टी के हो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!