विज्ञानविज्ञान जिज्ञासा

खगोल विज्ञानमा ग्यालिलियोको योगदान के रहेको छ ?

Gopal Bhandari
गोपाल भण्डारी

ग्यालिलियोले टेलिस्कोपको आविष्कार गर्नु अगाडि वैज्ञानिकहरू नाङ्गो आँखाले नै अवालोकन गरी आकाशको अध्ययन गर्थे । आकाश र आकाशी पिण्डहरूको अध्ययन गर्ने खगोल विज्ञानको विकास टेलिस्कोपको आविष्कार हुनु धेरै समयअगाडि नै भएको हो । तर टेलिस्कोपको आविस्कारले खगोल विज्ञानमा क्रान्ति नै ल्याईदियो । ग्यालिलियोको वैज्ञानिक योगदानलाई निम्न अनुसार चर्चा गर्न सकिन्छ ।

१. वृहस्पतीको ४ उपग्रहहरू पत्ता लगाएका

टेलिस्कोपको प्रयोगबाट उनले पत्ता लगाएको सबैभन्दा महत्वपूर्ण कुरा के रहृयो भने, वृहस्पति ग्रहमा चारओटा भू-उपग्रहहरूले त्यसलाई परिक्रमा गरिरहेको पाइयो यसबाट के कुरा पुष्टि भयो भने अरस्तुले भनेझै सबै ग्रह-नक्षत्रले पृथ्वीलाई परिक्रमा गर्छन भन्ने कुरा होइन रहेछ । किनकि वृहस्पतिका भू-उपग्रहहरूले पृथ्वीलाई नभई बृहस्पतिलाई परिक्रमा गरिरहेका पाइयो । ग्यालिलियोले पत्ता लगाएका यी कुराहरूबाट कोपर्निकसको सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्तलाई पुष्टिको लागि बल मिल्यो ।

२. चन्द्रमामा पहाड र खाल्डाखुल्डी रहेको खुलासा

उनले चन्द्रमामा पहाड तथा ठूला ठूला खाडलहरू रहेको तथ्य पत्ता लगाए । अरस्तुले के भनेका थिए भने खगोलीय पिण्डहरू पूणरूपले नै चिप्लो धातुको गोलाकार हुन्छन् । तर ग्यालिलियोको टेलिस्कोपले चन्द्रमाको धरातलमा पहाड र खाल्डाहरू पत्ता लगाएपछि अरस्तुको विचारको विपरीत खगोलीय पिण्डहरू पनि पृथ्वी जस्तै हुनसक्ने कुरा पुष्टि हुन आयो ।

३. आकाशगंगा र तारापुञ्जको वर्णन गरेका

आफ्नो टेलिस्कोपलाई आकाशतिर फर्काएरु लगातार हेर्दै गरेर ग्यालिलियोले आकाशगंगा असङ्ख्य ताराहरू मिलेर बनेको कुरा पत्ता लगाए ।

४. समुन्द्रको लम्बाइ अक्षांस ((Logitude) पत्ता लगाएका

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!