स्वास्थ्य

धतुरो र यसको उपयोगिता

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

धतुरोलाई धेरैले नशालु वनस्पतिका रूपमा मात्र बुझेको पाइन्छ तर आयुर्वेदमा यसलाई एउटा अति गुणकारी औषधि मानिएको छ । पूर्वीय (भारतीय) संस्कृतिमा यसलाई भगवान शिवको प्रिय नशाको रूपमा पनि लिइएको पाइन्छ । संस्कृतमा त यसको नाम नै शिवशेखर भनिन्छ ।

प्राचीन विष विज्ञान – ‘अगदतन्त्र’मा धतुरोलाई उपविष भनिएको छ। विष जत्तिकै खतरनाक नभएपनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो । आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ । सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिका जस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ।

क्यान्सरको दुखाइ कम गर्ने एलोपेथिक औषधिमा पनि यी लागु औषधको मात्रा मिलाइएको छ । चिकित्सा विज्ञानले यी जडीबुटीलाई औषधिका रूपमा व्याख्या गरे पनि सीधै खान प्रेरित गरेको छैन । धतुरो सीधै सेवन गर्दा सुरुमा शरीर लट्ठ पार्ने र निरन्तरको सेवनले ‘एडिक्सन’ गराउँछ ।

क्यान्सरको दुखाइ कम गर्ने एलोपेथिक औषधिमै यस्ता लागुऔषध प्रयोग गरिएको छ । एक डोजमा १२५–२२५ मिलिग्रामसम्म दिन सकिन्छ । दीर्घकालमा यस्ता औषधि सेवन गर्नु स्वास्थ्यका लागि ठीक हुँदैन । ‘लाइफ लङ’ सेवनले औषधिकै ‘एडिक्सन’हुन सक्छ ।

धतुरो के केमा प्रयोग गर्न सकिन्छ

१. कुकुरले टोकेकोमा (Daturo on dog bites)

धतुराको पात निचरेर रातो खुरसानी मिलाएर टोकेको ठाउँमा लगाउनाले निको हुन्छ बिष फैलिनबाट रोकिन्छ ।

२. दांत का दुखेमा धतूरो( Daturo in toothache)

धतुराको विउ ठुलो मानीसको दाँत दुखेमा पिसेर राखिदिनु ठिक हुन्छ ।

३. दमको रोगले चापेमा (Daturo intake when asthma attacks)

जस्तोसुकै अवस्थाको दम तुरुन्त निको बनाउन धतुराको सुकेको पात, अजवाईन र सोफ सवै मिलाएर चुरोट जस्तै बनाएर राख्ने । आवश्यकताको समयमा प्रयोग गर्ने यसले Asthalin inhaler जस्तै काम गर्दछ ।

४. गर्भपात रोक्नु परेमा धतूरो (Daturo to stop abortion)

धतुरोको जरालाई राम्रो योग पारेर जरा ल्याउने र धुपाएर कम्मरमा बाध्ने ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

तुलसी र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!