स्वास्थ्य

मधुमेह (Diabetes) र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानसिक तनाव, खानपानमा पश्चिमाकरण, शारीरिक परिश्रमको कमी लगायतका कारणले नेपालमा मधुमेह रोगीको संख्या बढ्दो छ । हरेक नोभेम्बर १४ तारिखमा विश्वभर मधुमेह दिवस मनाइन्छ । नेपालमा पनि करीब २५ लाख जनसंख्या मधुमेहबाट प्रभावित भएको आकलन गरिसकिएको छ । नेपालमा मधुमेहबाट प्रभावित २५ लाखमध्ये करीब ९७ प्रतिशत वयस्क उमेरका छन् ।

मधुमेह शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखाउने रोग हो । रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा (स्वास्थ्य मानिसमा ६० देखि १४० मि.ग्रा) बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ ।

मधुमेह तीन प्रकारका हुन्छन्:

टाइप १ – इन्सुलिनको अभावमा

मधुमेह प्याङ्क्रियाज ग्रन्थीबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुन्छ । टाइप १ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोनको निष्क्रियताबाट हुन्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।

अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति, केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि टाइप १ भएमा दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।

टाइप २ – इन्सुलिन कार्य क्षमतामा ह्रास आउनाले

टाइप २ मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका (मोटा) एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ ।

शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ (हानिकारक पदार्थ) जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् । सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ ।

टाइप ३ – गेस्टेसनल डायबीटीज़

टाइप ३ को गेस्टेसनल डायबीटीज़ गर्भावस्थामा देखिन सक्छ ।

आज मैले होम्योपैथीक औषधि सीजीजियम- जम्बोलियम (syzygium-jambolanum Q) बाट कसरी उपचार गर्ने भन्नेबारे दिएको छु । यो औषधि जमुनाको फलबाट बनेको छ । जमुना हाम्रो जंगलमा लगाउन सके यस्ता बहुमुल्य हानीरहित औषधि निर्माण गर्न सकिने देखिन्छ ।

उपचार

सीजीजियम- जम्बोलियम (syzygium-jambolanum Q) – यो औषधि नियमित सेवन गर्नसके यो रोग निको हुन्छ । १०-१५ थोपा औषधि थोरै पानीमा राखेर दिनमा २ पटक खानु पर्दछ ।

औषधि पाइने ठेगाना

नवलपरासी : Bohara Homeopathic Pharmacy, Nawalparasi, Madhabindu – 078410029
काठमाडौं : 1. Joti Homeopathic Pharmacy, Dilli Bazaar – 9851070101
2. Rashmi Homeopathic Pharmacy, Thapathali – 014212956 मा सम्पर्क राखेर औषधि प्राप्त र सल्लाह लिन सक्नु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

मधुमेह र यसका लक्षणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!