स्वास्थ्य

डिप्रेसनको सजिलो उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

डिप्रेसनको सजिलो उपचार ! मानिस सामाजिक प्राणी हो दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । करियरको कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले मानिसलाई डिप्रेसन गराएको हुन्छ । चिन्ता ठूलो रोग हो समयमा हामीले यस्ता विषयलाई पन्छाउन नसकेमा भित्रभित्रै शरीर खोक्रो पार्दछ । मानिसको सवैभन्दा ठूलो शत्रु भनेकै मानसिक चिन्ता हो यसलाई त्याग्नु नै सफल उपचार मानिन्छ ।

मानवीय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो । यस्ता अनेकौं समस्या मानीसको जीवनमा आय दिन देखिने समस्या हुन समस्या आउछ आफै सल्भ हुन्छ ।

के हो डिप्रेसन ?

डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जिन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै-विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ । चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एडि्रनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।

Depression Medicineउपचार

डिप्रेसनको उपचार भनेको चिन्ताबाट मुक्त हुनु हो । यदि हामीले यस्लाई त्याग्न सक्दैनौं भने कालान्तरमा गएर ठूलो समस्या पर्नसक्छ । चिन्ता लिनु समाधान होइन बरू चिन्ताको ठोस कारणबारे चिन्तामुक्त हुने बाटोतर्फ लाग्नु एकमात्र औषधि हो भन्ने हामीलाई लागेको छ ।

आजकल डिप्रेसनको औषधि निन्द्रा लाग्ने र लट्ठ पार्ने खालका औषधि प्राय दिने गरेको पाइन्छ । क्षणिक फाइदा भएपनि यस्ले दृघ कालीन हल गर्छ भन्ने हामीलाई लागेको छैन । आज यसै विषयलाई ध्यानमा राख्दै होम्योपैथीकबाट उपचार गर्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछौं । Biochemic Combination Tablet B 27 यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छ । औषधि ४ गोली दिनमा ४ पटक वा तीन-तीन घण्टाको फरकमा खान सक्नुहुन्छ ।

Indication : For Genral debility,Nervousness & Depression.

Dosage: 4 Tablet four times a day or at three hours intervals.Or as prescribed by the Physician.

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

दमको कारण र उपचार

खोकी र यसको उपचार

रुघाखोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!