जीवन-दर्शन

बाबुआमालाई सम्मान गर्ने गरौ नत्र होला पछुतो

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा 


छोराले बुबालाई बृद्ध आश्रम छोडेर घर आइरहेको हुन्छ । केहि घर नजीक आउन लाग्दा यसको बुढीले फोन गरेर भन्छे, बुबालाई बृद्ध आश्रम छोड्नु भयो होला अबदेखि दशैँ तिहारमा पनि आउन नभन्नु भनेकाले फर्केर बृद्ध आश्रम पुग्छ त्यहाँ पुग्दा त बुबा र बृद्ध आश्रमका मेनेजरसंग बसेर गफ गर्दै नास्ता खाइरहेको देखेपछि छोराले सोधेछ ।

सर हजुरले कहिलेदेखि मेरो बुबालाई चिन्नुहुन्छ । जहिले तपाईं सानो छँदा यो आश्रमबाट हजुरको बुबाले लग्दा देखि चिन्दछु । यति सुनेपछि बल्ल छोराको आँखाबाट आँसु झर्छ र पछुतो मान्दै बुबालाई घर ल्यायर पाल्छ । आज हामीमा पनि यस्तै खालको गलत बिचारले जरा गाडेको छ जन्म दिने बाबु आमालाई बृद्ध आश्रम छोडेर ठूलो मेडल पाएको अनुभव हुन्छ ।

यो पनि पढ्नुहोस्  

मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना

सपनामा मरेका मानिसहरु आउने कारणहरु

संसारलाई नै मोहित पार्ने भगवान श्रीकृष्णका १६ कलाहरु

लामो आयु बाँच्नका लागि सधै रहनुस् यी चार कुराबाट टाढा

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

सन्तानको सुखको लागी बाबु आमालाई त्यो घर त्याग्न गार्हो हुदैन तर सन्तानका लागी बाबुआमा बोझ बने जस्तो लाग्न सक्छ । कसैले खनेको गोरेटोमा हिड्न जति सजिलो हुन्छ त्यति आफुले खनेको गोरेटोमा हुदैन किनकि त्यहाँ आफ्नो पसिना प्यारो हुन्छ ।

आज हरेक व्यक्तिले मै खाउँ मै लगाउ भन्ने जुन भावनाको बिकास भएको छ न यसले आफुलाई नै फाइदा छ नत अरूलाई नै छ । जतिसुकै सम्पत्ति जोडेपनि छोडेर जाने हो अरूको अहित गरेर केही हुनेवाला छैन लोभ लालच त्यागौ सभ्य नागरिक बन्ने काममा लागौं ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!