स्वास्थ्य

प्राकृतिक उपचार र यसको महत्व

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

प्राकृतिक उपचार र यसको महत्व । रोग लागेर उपचार हैन शरीरमा रोग नै प्रवेश गर्न नदिन उपचार हुन्छ भन्दा अर्को थप आश्चर्य हुन सक्छ । “बार बारे खेती जोगिन्छ” भन्ने नेपाली उखानलाई चरितार्थ गर्छ प्राकृतिक चिकित्सा पद्धतिले । आजकल यो पद्धति ले नेपालमा राम्रो भुमिका खेलेको छ किनकि शरीरमा आधुनिक औषधीको प्रयोग, अप्राकृतिक खानपान र प्रदुषण समेतका कारणले ‘टक्सिन’ अर्थात विजातीय तत्व उत्पन्न हुन्छ । यो विजातीय तत्वले नै शरीरमा विभिन्न प्रकारका रोगहरु उत्पन्न गर्छ । त्यसलाई शोधन क्रियाका माध्यमले शरीरबाट निष्काशन गरेपछि व्यक्ति निरोगी हुन्छ । अर्थात शरीरको आन्तरिक सफाईले शरीर भित्रका तमाम रोगहरुलाई एक साथ भगाईदिन्छ ।

तर एलोपैथिक चिकित्सा पद्धतिले रोगलाई केही समय दवाई सेवनका वलमा मात्र दवाउछ । उक्त दबाईको नकारात्मक प्रभाव रोगसँग प्रतिरोध गर्ने मित्र जिवाणु समेतलाई पर्ने हुँदा शरीरमा रोग प्रतिरोधक क्षमता नै ह्रास हुन्छ । पुनः अन्य थुप्रै रोगहरु उत्पत्ति हुन्छन् परिणाम स्वरुप सम्बन्धित व्यक्तिको विपत्ति शुरु हुन्छ । अर्थात व्यक्ति नाना प्रकारका रोगहरुको घर बन्छ । रोगरुपी शत्रुका कारण व्यक्तिले जीवनमा ठूलो विपत्ति नै भोग्नुपर्छ भने यसले परिवारमा आर्थिक संकटको जटिलता समेत उत्पन्न हुन्छ ।

यो पनि पढ्नुहोस्  

यसरी गर्नुहोस् मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

यसरी गर्नुहोस् ! ग्याष्ट्रिकको प्राकृतिक उपचार

पारकिन्सन रोगको प्राकृतिक उपचार

मुटु रोगको प्राकृतिक उपचार

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

व्यक्तिको श्रम गर्ने क्षमता रोगले नष्ट गर्छ भने उसको उपचार, रेखदेख, खानपान आदिमा परिवारको दैनिकी, आय आर्जन र श्रम समयमा हुने प्रतिकूलताको हिसाव गर्ने हो भने यो विषय परिवार, समाज र राष्ट्रका लागि काहाली लाग्दो विषयका प्रति हामी सवै कम गम्भीर भएको प्रतीत हुन्छ । अहिले देशले आधुनिक एलोपैथिक औषधि र उपकरण समेतको आयातमा अथाह धनराशी खर्च गर्छ । प्रतिवर्ष दबाईको आयातले दबाई सेवन गर्नेहरुको संख्या र मात्रामा हुने वृद्धिले प्रतिदिन दबाईको खपतमा हुने वृद्धिको चाप अत्यधिक रुपमा वैदेशिक मुद्राको संचितिमा परेको छ ।

दबाई र त्यसको साइड इफेक्ट (पाश्र्व प्रभाव) का कारण देशको वैदेशिक मुद्रा र मानव श्रम शक्तिको अत्याधिक नास भएको डरलाग्दो अवस्था छ । आधुनिक औषधि विज्ञानले संक्रामक रोगहरुमा त विजय प्राप्त गरेको मानिन्छ तर एक रोगको उपचारसँगै रोगीमा अर्को रोगको उत्पत्ति हुन्छ । त्यसैले वर्न लिभिङ्गले भनेका छन् –“दवाईले एक रोग निको हुन्छ तर अर्को रोग उत्पन्न हुन्छ ।” रोग उत्पत्तिको निकटतम सम्बन्ध शरीरको पाचन क्रियासँग हुन्छ । हामीले खाने खाद्य पदार्थहरुलाई पाचनशक्तिका माध्यमले शरीरले सम्पूर्ण शोषण गरेर शरीरमा शक्ति उत्पन्न गर्छ र अवशेष त्याज्य वस्तुको रुपमा निस्काशन हुन्छ । शरीरमा खाद्य वस्तुको जति महत्व छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!