स्वास्थ्यहेल्थ टिप्स

पाँचऔंले र यसको महत्व

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पाँचऔंले नेपालको पश्चिम र मध्य भागको करीब २ हजार ८ सयदेखि ४ हजार मिटरसम्मको उचाईमा पाइन्छ । यो करीब ३० देखि ९० सेमीसम्म उचाइ र एउटा मात्र डाँठ हुने गानादार विरुवा हो । यसको गाना हातको पन्जा आकारको हुन्छ ।

यसका पातहरु पाँचदेखि सातवटा सम्म हुन्छन् । यसको साना गुलाबी तथा प्याजी रंगका फूल जेठ–असारमा फूल्छ । यसका फूलको झुप्पा १२ देखि २० सेमीसम्म लामा र घना हुन्छन् । पाँचऔलेको उत्पादन भनेको जमीनमुनि रहने तिनदेखि पाँचवटा औंला भएको गानो हो ।

यो दुर्लभमध्येको एक जडिबुटी हो । सरकारले यसको ओसार पसार र निर्यातमा रोक लगाएको छ । यसको सुकेको जराको धुलो दुधसँग खाने गरिन्छ । त्यस्तै सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

रातो चिया पिउनुको फाइदा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!