घरेलु उपचारस्वास्थ्य

लुकोरिया (Leucorrhoea) र यसको घरेलु उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आजकल लुकोरिया रोग साना-ठूला सबैलाई हुने गरेको छ । यस्को ठोस कारण हामीले बुझे अनुसार सरसफाई र पौष्टिक आहारको कमिलाई प्रधान मानेका छौं । यस्तो कहिलेकाहीँ ट्रिकोमोन्स वेगिनेल्स बैक्टीरियाको कारणले पनि हुने गर्दछ । यस्ता रोगको आक्रमण नहोस भन्ने चाहना भएमा पिसाब गर्दा होस या दिसा गर्दा होस योनीलाई धुने बानी हामीले गर्नुपर्छ ।

यो रोगको सर्ने अर्को माध्यम भनेको सेक्स पनि प्रमुख हो । रोग लागेको वेला यौन सम्पर्क सकेसम्म नगरेर उपचार गर्न सकेमा महिलाहरूलाई यो रोग चाडो निको हुनसक्छ । किसोरिको हकमा पौष्टिक आहार र सरफाईमा ध्यान दिन सके आफै पनि निको हुन सक्छ । आज मैले यस्ता रोगको घरेलु औषधिबाट कसरी उपचार गर्ने भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु ।

घरेलु उपचार

१. थोरै फिटकरी पानीमा राखेर उमाल्ने र सेलाएपछि यो पानीले नित्य योनी धुने ।

२. एक चम्चा प्याजको रस महमा मिलाएर सेवन गर्ने ठिक हुन्छ ।

३. एक चम्चा अमलाको पाउडरमा दुइ चम्चा महमा मिलाएर केहि समए सेवन गर्नाले यो रोग ठिक हुन्छ ।

४. भुटेको चना नित्य खानाले पनि यो रोग निको हुन्छ ।

५. एक चमच महमा एक चम्चा तुलसीको पातको रस मिलाएर सेवन गरेमा पनि यो रोग निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

घाउ खटिरा र उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!