धर्म-सस्कृति

अपमार्गको तान्त्रीक प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अपमार्गको बारेमा यसको प्रयोग के कस्तो अवस्थामा गर्न सकिन्छ भन्ने कुरा थाहा नहुनाले यो त्यसै खेर गइरहेको छ । अपमार्गलाई नेपाली भाषामा दतिवन भन्दछन् । अपमार्गको वैज्ञानिक नाम अचिरांथिस अस्पेरा’ (ACHYRANTHES ASPERA) हो । यो जडिबुटी अन्तर्गत पर्ने हुनाले यसको प्रयोग औषधि बनाउन बढी प्रयोग हुदै आएको छ । दतिवन प्रयोग गर्नाले आफुबाट भएका गल्तीहरू नास हुने भन्दै महिलाहरूले तीजमा यसको प्रयोग गरेको पाइन्छ । कुनैपनि वस्तुको जानकारी र पहिचान हुन सके यसको प्रयोग गर्न धेरै सजिलो हुन सक्छ । आज मैले अपमार्गको तान्त्रीक प्रयोगबारे पाठकहरूलाई राम्रो जानकारी पस्कनेछु ।

यो पनि पढ्नुहोस्

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

तान्त्रीक जडिबुटीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

धर्मशास्त्रमा पनि यस्को चमत्कारिक लाभ हुने कुरा उल्लेख भएको छ । यो तन्त्र शास्त्रमा सवैभन्दा बढी प्रयोग हुने गरेको पाइन्छ । यसको चामल बनाई प्रयोग गर्न सके अनिकालमा ५/६ दिन नखाएपनि यस्ले मानिसलाई बचाउन सक्छ । हेर्दा साधारण छ तर यसको गुर्ण भने बहुमुल्य देखिन्छ । आज यो जस्ता अनेकौं जडिबुटी छन् जसको सहयोगले मानिस गायब हुने जस्ता कुराहरु जडिबुटीमा सामेल छन् तर यसको खोज खबर नहुनाले प्रयोग विहिन छन् । आउनुस यसको प्रयोगबाट के कस्ता फाइदा उठाउन सकिन्छ भन्ने कुरा जानौं । मैले थुप्रै समयमा यस्ता जडिबुटीको फाइदा लिइसकेकोले यहाँ पाठकको हितमा पस्कन जादैछु ।

अपमार्गको तान्त्रीक प्रयोग

१. अश्विनी नक्षत्रमा अपमार्गको जरा ल्यायर सुनको तावीजमा भरेर राजनीति क्षेत्रमा कुदनुस सफलता तपाईंले पाउनु हुनेछ । नसोचेको सफलता पाउनु हुनेछ ।

२. अश्विनी नक्षत्रमा चादिको ताबीचमा भरेर गलामा बाध्नाले जगत वशीकरण हुनेछ ।

३. अपामार्गको जरो पिसेर टिका लगाउनाले सम्मोहन शक्ति प्राप्त हुनेछ ।

Like & Follow us on Facebook

४. सेतो अपामार्गको जराको भष्म नित्य गाइको दूध संग महिलाले सेवन गर्नाले संतान सुख्ख प्राप्त हुनेछ ।

५. सेतो अपमार्गको जरालाई पैसा राख्ने ठाउमा राख्नाले धनलाभ हुने भनेको छ । यसको प्रभावले पैसा तान्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!