चिकित्सा विज्ञान

रोग निको पार्ने सुत्र

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग निको पार्ने सुत्र ! जब मानिस विरामी हुन्छ तब उसले कसरी सन्चो हुन्छ भनेर उपचार खोजेको हुन्छ । यसैको फाइदा कृष्चियनहरूले उसको मनमा भजन कृतन गर्न आग्रह गराउदछन् त्यति बेला विरामीको मनमा चिन्ता पुर्ण रूपमा हटेर भजनमा ध्यान पुगेको हुन्छ र रोग हटेको देखिन्छ । रोगको प्रमुख कारण पनि यो चन्चल मन र चिन्ता हो । यसको लगाम घोडालाई जस्तै बाध्न सके रोग आफै निको हुन सक्छ । भगवान शिवले भन्नुहुन्छ, मेरो दैनिक भजन गर तिम्रो रोग त्यसै निको हुन थाल्दछ । रोग लागेको शरीरलाई चिन्ताबाट मुक्त गराउन सके आधिरोग त्यसै निको हुन्छ ।

यो पनि पढ्नुहोस्

रोग र औषधि

रोग किन लाग्छ ?

रोग लाग्नुका कारणहरु

नाडीद्वारा रोगको परीक्षण

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

विगत लामो अनुसन्धानले यो कुरा प्रमाणित गरिसकेको छ कि चिन्ता जस्तो ठूलो रोग अरू हुनै सक्दैन । पेट दुखेको छ यो खानुहुदैन त्यो खानुहुदैन भनेर हामी रोक्छौं यसको सोझो असर दिमागमा पुग्छ । पौष्टिक आहार खान छोड्छ र उसलाई रोग निको हुनुको सट्टा बढ्दै जान थाल्दछ । रोगको पहिलो उपचार मानसिक चिन्तालाई हटाउने प्रयत्न गराउदै उसको आन्तरिक मनबाट डरलाई हटाउदै यो सामान्य रोग हो । आफ्नो मनलाई भगवान शिवको आराधनामा लिन गराउदै रोगी मनलाई खुसीमा बदल्न सक्नुभएमा यो निको हुनेछ भनेर उसको मनबाट सवै डर हटाई दिनुहोस रोग क्रमश: निको हुन थाल्दछ ।

दोस्रो विश्व युद्धमा त्यति मानिस बाहिर मरेका थिएनन् त्यो भन्दा बढी चिन्ताको कारणले घरभित्र मरेका थिए । चिन्तारूपी रोगलाई हामीले अन्तर हृदयबाट झिकेर फाल्न सक्दैनौं तबसम्म रोग निको गराउन सक्ने छैनौं भन्ने मेरो अनुभव छ । म मेरो विमारीलाई पहिलो उपचारको रूपमा तपाईंको रोग सामान्य हो चिन्ता नलिनुस भन्दै के खाने के नखाने भन्ने कुरामा प्रकाश पार्ने कोसिस गर्दै औषधि दिने गर्छु र उ निको हुन्छ । रोग निको हुनमा सवैभन्दा ठूलो उपचार विश्वास हो । चिकित्सकले उसको मनमा डर होइन सन्चो हुने विश्वास भर्ने कोसिस गरि दिन सके रोग आफै निको हुन थाल्दछ ।

Like & Follow us on Facebook

रोगीको रोगको भन्दा उभित्रको चिन्तालाई फाल्न सके आधा सफलता चिकित्सकलाई पुग्न सक्छ । रोगको उपचार औषधि मात्र होइन हौसला दिन पनि जान्नुपर्छ । रोगी उपचार गर्न विश्वास साथ आएको छ वा छैन भन्ने कुरा उपचारपछि मात्र थाहा हुन सक्छ । विमारीलाई पौष्टिक खानामा रोक होइन । हौसला दिन र भगवान शिवको आराधना गर्न उक्साउनुहोस उसको रोग आफै निको हुन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!