विज्ञान जिज्ञासा

सिन्दुर लगाउनुको वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु समाजमा विवाहमा बेहुलाले बेहुलीको सिन्दोमा सिन्दुर हाल्ने चलन पहिलादेखी चली आएको छ । महिलाको लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । यो शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा यो लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवमा यसमा ‘मर्करी हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ । यसै कारणले सिउँदोमा यो लगाउँदा दिमागमा शितलता मिल्ने तथा तानावमुक्त रहन सकिने वैज्ञानिक कारण छ । यो विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।

विवाहपछि नै किन लगाइन्छ त सिन्दुर ? यो विवाह पछिमात्रै लगाउने हिन्दू परम्परा र मान्यता हो । अर्थात् अविवाहित महिलाले यो लगाउने प्रचलन छैन किन भने विवाहपछि महिलामा तनाव, समस्या र जिम्मेवारी सयौँ गुणा बढ्दछ । यसैले महिलाको दिमाग शान्त राख्न र व्यवस्थित राख्न अत्यन्तै जरुरी भएकोले यो लगाउने प्रथा नै बनेको पाइन्छ । हिन्दू मान्यता अनुसार बाङ्गो सिउँदो काढ्नु हुँदैन, सिन्दुर छरेर लगाउनु हुँदैन, सिउँदो जसले सिधा काढ्न जान्दछ त्यो राम्रो भन्ने जस्ता मान्यतालाई पनि माथिको वैज्ञानिक कारणले पनि पुष्टि गर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!