खानपानहेल्थ टिप्स

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा 

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु ! आज नेपालमा ब्लडप्रेशर यति धेरै बढेको छ कि हामीले सोच्नुपर्ने बेला आएको छ । ब्लडप्रेशर आज थुप्रै व्यक्तिहरूलाई चाहे त्यो सानो होस् वा ठूलो समान रूपमा देखिन थालेको छ । यसको ठोस कारणतर्फ लाग्नुपर्ने देखिन्छ ।

अर्को रोचक जानकारी कुनै पनि ब्लडप्रेशरको औषधिले काम गरेको देखिएको छैन । यस्ता थुप्रै औषधि सेवन गर्नेहरुसंग हामीले सोधेका छौं तर कसैबाट पनि सन्तोषजनक जवाफ हामीले पाएका छैनौं ।

यदि हजुरलाई ब्लडप्रेशर छ भने खानपिनमा सुधारतर्फ लागौं के कस्ता खालको खाना खानाले ब्लडप्रेशर नर्मल हुन सक्छ भन्नेतर्फ हामी लाग्नुपर्छ । आज खानपिनको कारणले गर्दा पनि ब्लडप्रेशर नर्मल अवस्थामा नआएको हुनसक्छ । आज हामीले ब्लडप्रेशर सम्बन्धी टिप्स दिदैछौं यसको सहयोगले ब्लडप्रेशर बढ्नबाट रोक्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्  

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

ब्लडप्रेशरका बिरामीले के खान हुन्छ जानी राखौं

१. हाई ब्लड प्रेसरका रोगीले के खाने के नखानेबारे राम्रो जानकारी हुन सकेमा यस्ता रोगको लागी सामान्य औषधिले पनि काम गर्ने देखिन्छ । ब्लड प्रेशर भएका व्यक्तिले कम खानुपर्छ । तेल मरमसला नखाने गर्नुस क्रमस प्रेशर घट्दै जान थाल्दछ ।

२. खाना हमेसा फलफूल र तरकारी जति सक्नुहुन्छ खानुहोस र लसुन, प्याज जति सक्नुहुन्छ त्यति खानुहोस ।

३. नुनको ठाउमा सिधेनुनको प्रयोग गरौं । यसले ब्लड प्रेशर कम हुनको साथै स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । शरिरमा पोटाशियमको मात्रा बढी र सोडियमको मात्रा कम भएमा राम्रो फाइदा गर्दछ ।

४. चिनी, रिफाइन्ड खाद्य पदार्थ र भुटेका खाना कमसे कम खाने ।

५. चिया र कफीको सेवन कमसे कम गरौं यसमा भएको कैफिनले हानी गर्न सक्छ । दैनिक कमसे कम २,३ लिटर पानी दैनिक पिउनुहोस् ।

६. खानामा पालक, गोभी, बेथेको साग, हरियो सब्जी खानामा बढी प्रयोग गर्ने ।

७. बदाम, किसमिस, अजवाईनको सेवन बढी गर्नुहोस् । साथै गुड,चिनी, मह र घिउ पनि खान सक्नुहुन्छ ।

८. फलफूलमा अनार, मेवा, स्याउ, सुन्तला, बेलौती र मही दूध खान सक्नुहुन्छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!