स्वास्थ्य

प्यारालाइसिस र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नेपालमा सवैभन्दा बढी देखिने रोगको श्रेणीमा प्यारालाइसिस पर्दछ । रक्तसञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षघात भनिन्छ । पक्षघात हुने धेरै कारण भए पनि यसलाई मुख्यतय २ किसिमले हेर्न सकिन्छ ।

१) रक्तसञ्चार नपुगेर हुने प्यारालाइसिस, जसलाई इन्फाक्र्सन भनिन्छ ।
२) रक्तसञ्चार हुने धमनीमा कमजोरी आएर रक्तश्राव हुने प्यारालाइसिस, जसलाई ब्रेन हेमरेज भनिन्छ ।

लक्षण

अचानक मस्तिष्कको जुन भागमा अप्ठेरो परेको हो त्यस भागले नियन्त्रण गर्ने अंगमा कमजोरी देखिन्छ । प्रायः प्यारालाइसिसमा हातखुट्टा र मुख बाङ्गो हुन्छ । आँखालाई नियन्त्रण गर्ने भागमा भयो भने आँखाका लक्षण देख्न सकिन्छ । तर कहिलेकाही पक्षाघातको खतरनाक पूर्वसंकेत पनि पाइन्छ । जसलाई ‘ट्रान्जिएन्ट एण्ड स्क्रिमिक अट्याक’ भनिन्छ । प्यारालाइसिस भइसके पछि कुनै एक हात र एक खुट्टा नचल्ने हुन्छ ।

रोकथाम

२० वर्ष उमेर पुगेपछि स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसो छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । शरिरलाई सधै स्वस्थ राख्ने, सकारात्मक सोच राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । खानपिनमा विशेष ध्यान दिनुका साथै जीवनशैली परिवर्तन गरेमा प्यारालाइसिसबाट बच्न सकिन्छ ।

उपचार

आज मैले आयुर्वेदिक उपचारबाट प्यारालाइसिसको उपचार गर्ने विधिबारे प्रकाश पार्ने जमर्को गर्दैछु।

१. एकाङ्गविर रस १ गोली दिनमा २ पटक खान दिनाले फेसिएल प्यारालाइसिस निको पार्दछ ।

२. माहा योगराज गुग्गल १ गोली दिनमा २ पटक खान दिने ।

३. बलारिष्ट यो औषधि १५ देखि ३० एम, एक जति समभाग पानी मिलाएर खान दिने ।

४. लसुनको ४ वटा केसरी विहान बेलुका दुधसंग खान दिने ।

५. लसुनको ८-१० वटा केसरीलाई मसिनोसंग थिच्ने र एक कप दूधमा राखेर पकाउने राम्रोसंग पाकेपछि चिनी राखेर दैनिक खान दिने राम्रो फाइदा गर्दछ ।

६. सुठो र सिधेनुन समभाग मिलाएर पिस्ने र नस लिने फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

दमको कारण र उपचार

खोकी र यसको उपचार

रुघाखोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!