खानपानलेखहरु

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरूनिम्न अनुसार छन्। 

१. भोजन गर्ने एउटा निश्चित समय तोकौ र सोहि समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ ।

२. खाना मजाले भोक लागेपछि मात्र खानेगरौँ । भोक नलागी खानखानु स्वास्थ्यको लागि उचित होइन ।

३. जति खाना खाँदा लागेको भोक शान्त हुन्छ त्यतिमात्र खाना लिने गरौँ ।

४. भोकले मागेको भन्दा कम खाँदा क्षुदा शान्त हुँदैन भने कोचीकोची खाँदा पनि पाचनमा समस्या र श्वास फेर्न गार्हो र मोटोपन बढदछ ।

५. खाना खाँदा स्वच्छ, सफा र शान्त ठाउँमा बसेर खाना खानुपर्दछ ।

६. खाना खानुपूर्व अवश्यमेव हात धुनु पर्दछ । हात धुन सम्भवत: खरानीको प्रयोग गर्नु राम्रो हो । साबनले हात धुनु स्वास्थ्यकर हैन यसले क्यान्सर जस्तो गम्भीर बिरामी पनि हुन सक्ने खतरा बढाउने तथ्य मेडिकल रिसर्चहरुले देखाएका छन् ।

७. खाना खान प्रयोग गरिने थाल, कचौरा, चम्मच, बोटुको, गिलास, अम्खोरा जस्ता भाँडाकुँडा पनि राम्रोसँग सफा गरी सुकाएको हुनुपर्दछ ।

८. भोजन गर्नुपूर्व घरमा भएका कुकुर, गाई, बिरालो जस्ता हामीमा आश्रित पशुपंक्षी एवं जनावरहरुलाई भोजन गराउनुपर्ने हुन्छ ।

९. भोजन पूर्व आफ्ना इष्ट देवताहरुलाई आवहान गरी भोजनलाई परमात्माको प्रसादको रुपमा ग्रहण गर्नुपर्छ ।

१०. भोजन लिइसकेपछि पहिलो गासलाई राम्ररी चपाएर निल्नुपर्छ । पहिलो गास चबाएर धुलोपिठो नपारेसम्म दोस्रो गास लिनुहुँदैन ।

११. भोजनलाई तारने, भुट्ने, धेरै चिल्लो, नून अमिलो पिरो हाल्ने भन्दा पनि भोजनकै प्राकृतिक स्वादमा लिने गर्नुपर्दछ ।

१२. भोजन एकाग्र भएर शान्त चित्तले गर्नुपर्दछ ।

१३. रातको शयन समय भन्दा ३ घण्टा पूर्व नै भोजन गरिसक्नु पर्दछ ।

१४. दुई भोजनहरुको बिचमा ५-६ घण्टाको अन्तराल हुन जरुरी छ । एकपल्ट भोजन गरिसकेपछि बिचमा हल्का फुल्का लिने वा कचर पचर खाई रहनुहुँदैन ।

१५. चिन्तित, शोकाकुल, थकित, डराएको र हडबडको अवस्थामा भोजन गर्नुहुँदैन ।

१६. सुतेर उठ्ने बित्तिकै पनि भोजन गरिहाल्नु हुँदैन ।

१७. भोजन सकभर मौनमा नै भोजन गर्दा राम्रो हो । बोल्नै परे पनि भोजन ग्रहणसँग सम्बन्धित कुरामात्र बोल्ने गरौं ।

१८. भोजन गर्दा व्यापार, घरपरिवार राजनिती वा समाजका अन्य विषयहरुको बारेमा बोल्नुहुँदैन ।

१९. बिहान ब्रेकफाष्ट लिने बानी बसालौं । ब्रेकफाष्ट स्वस्थकर र अलि धेरै भएपनि फरक पर्दैन । ब्रेकफाष्ट नगर्नेहरुको स्वास्थ्य राम्रो नभएको तथ्य रिसर्चहरुले देखाएको छ ।

२०. बिहान दिउँसो र बेलुकाको खाना खाने निश्चित समय निर्धारण गर्नुपर्दछ ।

२१. बासी खानेकुराहरुको प्रयोग स्वास्थ्यको लागि कदापि राम्रो होइन । खाना आफैले बनाएको र बनाएको ३ घण्टाभित्र खाइसक्नु पर्दछ ।

२२. बोटलबद्ध, बट्टाबद्ध प्याकिङ्ग गरेर बेचिएका जंङ्क फुडहरुको सेवन गर्नुहुँदैन । जंङ्क फुड मुखको स्वादमा लागि मात्र हो । यसका क्यालोरी बाहेक खासै अन्य पौष्टिक तत्वहरु हुँदैन तसर्थ जंङ्क फुडको प्रयोग नगरौँ ।

२३. जूठो खानाको प्रयोग पनि सर्वधा बर्जीत छ ।

२४. घाँटीमा पीडा, पेटको गडबडी, पखाला चल्ने पेट दुख्ने गरेको बेलामा पनि खाना नखानुहोला । श्वासमा दुर्गन्ध भएको बेलामा पनि खाना नखाएकै राम्रो हो ।

२५. पचाउन कठिन, दुभ्पाच्य र गरिष्ठ भोजनको सेवन पनि गर्नुहुँदैन ।

२६. भोजन गर्दा पानी नपिऔँ । पानी भोजनको ३० मिनेट पहिले नै पिएको र भोजन पश्चात १ घण्टासम्म नपिएको राम्रो हो ।

२७. भोजन गर्ने घण्टालाई छोडेर अन्य १–१ घण्टामा पनि पिउनुपर्दछ ।

२८. सेता चिनी, मैदा पालिस गरेको चामल र फाइबर झिकिएका/हटाइएका प्रशोधित खानेकुरा नखाऔं ।

२९. खानामा सकेसम्म चिल्लोको मात्रा कटौती गरौं । लिपिड प्रोफाइल गडबड भएकाहरुले चिल्लो रहित पाककला सिकेर खानेकुरा खाने गरौं ।

३०. अमिलो, पिरो र अत्याधिक मसलाको प्रयोग नगरौं । स्वस्थ तरिकाले प्रयोग गरिएका मसलाहरुको प्रयोगले हानी गर्दैन तर मसलालाई तारदा, भुट्दा र पड्काउदा अत्यन्त हानीकारक र विषाक्त बन्दछ ।

३१. चिया, कफी, बर्नभिटा, हरलिक्स जस्ता पेय स्वास्थ्यका लागि राम्रो होइन । यी पेयहरुको प्रयोग नगरौँ ।

३२. कोकाकोला, पेप्सीकोला, फेन्ट, मिरिन्टा, डिउ, स्प्राइट जस्ता कार्बोनेट्ड पेय पनि स्वास्थ्यको लागि अत्यन्त हानिकारक छ । यसर्थ यी पेयहरुको पनि प्रयोग नगरौं ।

३३. हफ्ताको एकदिन उपबास गर्ने बानी बसालौँ ।  उपबास बस्दा सकभर पर्याप्त पानीमात्र पिएर बस्ने गरौँ । पानीमा मात्र उपबास बस्न नसके मौसम अनुसारको फलफुलको रसमा उपबास बस्ने गरौँ ।

३४. खस्रो मोटा अन्नहरुलाई खानमा समावेश गरौँ । कोटो, मकै, फापर, जवार, बाजरा, कागुनी, सामा, जुनेलो, जौ जस्ता खस्रा मोटा अन्नहरुमा यथेष्ट मात्रामा फाइबर (रेशार चोकर) र पूर्ण पोषकतत्वहरु पाइन्छ ।

३५. फलफूल तथा तरकारीको प्रयोग पनि यथेष्ट मात्रा गर्ने गरौँ । खानामा हरियो सब्जी कहिले पनि नटुटाऔँ ।

३६. फलफूल तथा तरकारीलाई सदैव खानुपूर्व २० मिनेट जति नून पानीको घोलमा डुबाएर प्रयोग गर्ने गरौँ । यसो गर्दा ९५% तरकारीका विषहरु निष्तेज हुन्छन् ।

३७. भोजन गर्दा टेलिभिजन हेर्ने, पत्रिका पढ्ने, रेडियो सुन्ने, फोनमा कुरा गर्ने जस्ता क्रियाकलाप गर्नुहुँदैन ।

३८. भोजन गरिसक्ने बित्तिकै शारीरिक एवम् मानसिक श्रम गर्दै नगरौँ ।

३९. भोजन पूर्व र पश्चात भावनालाई बसिभूत गरौँ । भोजन पूर्व र पश्चात रिसाउने, झकर्ने, डराउने, चिन्तित हुने लोभी र मोहित हुने र कामातुर हुने र सेक्स गर्ने गर्नुहुँदैन ।

४०. भोजन पश्चात तुरुन्त मल मूत्र त्याग गर्ने बानी राम्रो होइन ।

४१. धेरै तातो वा धेरै चिसो वस्तुहरुको सेवन पनि राम्रो होइन ।

४२. भोजन गर्दा केही पिउनै प¥यो भने मोही दालको झोल वा ताजा भेजसूप पिउने गरौँ ।

४३. भोजन गरेको ३ घण्टा सम्म सेक्स गर्नुहुँदैन ।

४४. चिसो, अमिलो एवम् फरमेण्टेसन हुनसक्ने खानेकुराहरु राति खानुहुँदैन ।

४५. राती सलादको प्रयोग पनि स्वास्थ्य प्रद हैन । सलाद सकभर बिहानै खानु, नभएनि घाम छँदै खाई सक्नुपर्छ ।

४६. मुत्र त्याग गरेको १० मिनेट सम्म केही खानेकुरा खानुहुँदैन ।

४७. कडा परिश्रम गरेको समयमा, पसिना बगिरहेको अवस्थामा शरीर सिथिल नभएसम्म कुनै पनि खाद्य एवम् पेय सर्वधा बर्जीत छ ।

४८. खाना खाएपछि कहिले पनि स्नान गर्नु हुँदैन । स्नान गरेको ३० मिनेट पश्चात नै खाना खानु राम्रो हो ।

४९. धरै ज्यादा तातो र धरै ज्यादा चिसो खानेकुरां खादाँ हाम्रो पाचन क्रियामा हानिकारक प्रभाव पर्ने हुदाँ यस्तो खाना खानुहुदैन ।

५०. कडा परिश्रम गरेर आएपछि तुरुन्तै पानी पिउनु हुदैन । यस्तो अवश्थामा पानी पिउनु परे केहि क्षण विश्राम गरेर शरीर सिथिल भएपछि एक हातले दुबै नाक बन्द गरेर पानी पिउनुपर्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

कागती पानी पिउनुका फाइदाहारू

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!