खानपानजीवनशैली

बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु

बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु । प्राय: नेपालीहरुको के बानी छ भने बेलुकी ढिला खाना खायो एक आधा घन्टा टिभी अनि सुत्यो । स्वस्थ जीवनशैली अर्थात स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ विचार हुनु जरुरी छ । शहर बजारमा त व्यस्तताको कारण हाम्रो जीवनशैली एकदमै अस्तव्यस्त बनिरहेको छ । हाम्रो स्वास्थ्यको ख्याल राख्न पाउँदैंनौं र विभिन्न समस्याको शिकार बन्न पुग्छौं । यहि चक्करमा हामी खानेकुराको समय मिलाएर खान पाउँदैनौ । स्वस्थ रहन स्वस्थ खानपानमात्र भएर पनि हुँदैन त्यस खानालाई खाने सहि समय पनि हुन जरुरी हुन्छ ।

बेलुकी धेरै ढिलो खाना (डिनर) खानाले हाम्रो शरिरमा फाइदाको सट्टा नोक्सान पुर्याउँछ । बेलुकाको खाना विष समान हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ । एउटा उखानै छ, ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । हाम्रो शरिरलाई उर्जाको आवश्यक पर्छ । यसले दिनभरीलाई उर्जा दिन्छ । बिहानदेखी हामीले खानाको मात्रा क्रमशः घटाउदै लैजानुपर्छ । बेलुका खाना खाने बित्तिकै सुत्नु हुदैन । खाना खाएपछि केही समय हिडँडुल गर्नुपर्छ । बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

पलेटी कसेर खाना खानुका फाइदाहरु

खानापछि निद्रा किन लाग्छ ?

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

खाना पकाउन फलामको भाडा किन प्रयोग गर्ने ?

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

१. मोटोपनको शिकार

जव हामी राती ढिला खाना खान्छौं । तब हाम्रो खाना राम्रोसँग पच्न पाउँदैन् । राती शारीरिक काम पनि नहुने भएकोले हामीले खाएको खाना बोसोमा परिणत हुन्छ र मोटोपनको शिकार हुने खतरा बढ्छ । जसको कारण कोलेस्ट्रोल बढ्छ र मुटुको रोग पनि लाग्न सक्छ । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ ।

२. अपच

अपच हुने समस्या भएकोले ढिलो खाना खान हुँदैन् । पाचनको लागि बढि समय लाग्छ । हामीले जति खान्छौ, उति नै पच्नुपर्छ । ढिलो खाना खाँदा समस्या झन बढ्न सक्छ ।

३. उच्च रक्तचापको जोखिम बढ्ने

बेलुका खाना ढिलो खाँदा उच्च रक्तचाप हुने सम्भावना बढि हुन्छ । बेलुका हाम्रो शरिरलाई उर्जाको आवश्यक हुँदैन् । बेलुकाको खाना खाएपछि हाम्रो काम हुँदैन् र खाना पच्दैन् । त्यसैले बेलुका खाना खाँदा एकदमै ध्यान दिनुपर्छ ।

४. मधुमेह

बेलुका ढिलो खाना खाँदा खानाबाट प्राप्त हुने सबै शक्ति खर्च हुँदैन् । यस्तोमा शरिरमा भण्डार भएर बस्छ र रगतका चिनीको मात्रा बढि भएर मधुमेह हुने खतरा बढ्छ ।

५. अनिद्राको समस्या

बेलुका ढिलो खाना खाँदा खाना राम्रोसँग पचिसकेको हुँदैन् । हामीले खाएको खाना खाननलीमै बस्छ । जसलेगर्दा बेचैन र छटपटी हुन्छ । र निद्रा पर्न गाह्रो हुन्छ ।

Like & Follow us on Facebook

६. छाती पोल्ने

धेरैजसोको खाना खाने बित्तिकै सुत्ने बानी हुन्छ । बेलुका ढिलो खाना खाँदा पाचन प्रणालीले पचाउन गाह्रो हुन्छ । त्यसैले गर्दा छाती पोल्छ पछि गएर ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ । खाना खाएपछि कम्तिमा २ घण्टापछि मात्रै सुत्ने गर्नुपर्छ ।

७. तनाव हुने

अनिद्राको समस्याले गर्दा तनाव बढ्छ । राम्रोसँग निद्रा नलागेपछि शरिर भारी हुने, फ्रेस अनुभव नहुने भएकोले तनाव बढ्छ । दैनिकीमा नै असर पर्छ । त्यसकारण बेलुका ढिलो खाना खानु राम्रो होइन ।

८. काम गर्न शक्ति मिल्दैन

बेलुका ढिलो खाना खाँदा बिहानको नास्ता गर्न मन लाग्दैन । जसकारण दिनभर काम गर्न उर्जाको कमि हुन्छ । चाँडो थकाइ लाग्ने काम गर्न मन नलाग्ने हुन्छ ।

९. चिडचिडाहट

यदि बेलुका ढिलो खाना खाएमा भोली पनि त्यही समयमा भोक लाग्छ । एकै समयमा खाना नखाँदा ढिलो खाना खाने बानी बस्छ । जसले गर्दा खाना अपच हुने, ग्याँस जम्ने, निद्रा नलाग्ने हुन्छ र चिडचिडाहाट हुन्छ ।

१०. पोषक तत्वको कमि

बेलुका ढिलो खान खाँदा बिहान भोक लाग्दैन । भोक नलागेपछि बिहानको नास्ता कम खाईन्छ । जसले गर्दा शरिरमा चाहिने पोषक तत्वको कमी भएर विभिन्न किसिमको रोग लाग्न सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!