चिकित्सा विज्ञान

इन्सेफेलाइटिस र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

इन्सेफेलाइटिस र यसको उपचार । हाम्रो क्लिनिकमा जब कुनै रोगी ज्वरोको समस्या लिएर आएको हुन्छ त्यतिबेला हामीले रोगीलाई सोध्ने गर्छौ तपाईंलाई के भएको छ ? रोगीको जवाफ हुन सक्छ ज्वरो आएको छ । ज्वरो आउदा शरीर दुखेको हुन सक्छ, टाउको दुखेको हुन सक्छ । ज्वरो रोग नभई अरू कुनै रोगको लक्षण पनि हुन सक्छ ।

यो पनि पढ्नुहोस्  

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

ज्वरो आयो भनेर हामीले Antipyretic औषधि चलाउछौं सामान्य ज्वरो त्यसै निको हुने गर्दछ । तर कहिलेकाहीँ ज्वरो अन्य रोगको लक्षण भए सामान्य अवस्थामा नआउन सक्छ । आज मैले इन्सेफेलाइटिस या मस्तिष्क ज्वरो किन आउछ भन्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

इन्सेफेलाइटिसलाई सामान्य भाषामा जापानी ज्वरो वा मस्तिष्क ज्वरो भन्ने गरिन्छ । यो ज्वरो पनि भाइरल ज्वरोको सक्रमणको कारणले हुने गर्दछ । यस्तो ज्वरोमा उल्टि हुने, शरिर थाके जस्तो सुस्त हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन सक्छ । यस्ता रोगको पहिचान हुन गार्हो हुने हुनाले ज्वरो आउनासाथ डाक्टरको परामर्शमा उपचार गराउन आवश्यक हुन सक्छ ।

उपचार

यो रोग १८७० मा पहिलो पटक जापानमा भेटिएको हुनाले यो रोगलाई जापानी इन्सेफेलाइटिस भन्ने गरेको पाइन्छ । १९७८ मा यो रोग भारतमा देखिएको थियो । जुलाईदेखि डिसेम्वरसम्म साना-साना बच्चाहरूमा यो रोग बढी हुने गरेको पाइन्छ ।

मस्तिष्क ज्वोरोको उपचार गर्नुपूर्व जान्नुपर्ने महत्वपूर्ण कुरा यो ज्वरो पनि सामान्य ज्वरो जस्तै हुने गर्दछ । हामीले सवैभन्दा पहिले ज्वरो भाइरल इन्फेक्शन त होइन भन्ने कुरामा विषेश ध्यान दिन आवश्यक छ । भाइरल इन्फेक्शन हो भने सामान्य औषधिबाट पनि निको हुन सक्छ । यदि भाइरल ज्वरो नभई मस्तिष्क ज्वरो भएमा अक्सिजनको खाँचो हुन सक्छ ।

Like & Follow us on Facebook

यो रोगवाट कसरी बच्ने ?

यो रोगको जीवाणु पनि फोहर पानीमा बस्ने फैलने हुनाले मलेरिया जस्तै घरको आसपासको फोहर पानीको खाल्टा पुर्ने र पानी जम्नबाट रोक्ने काम गर्नुपर्छ । झुलको प्रयोग वा किटनाशक औषधिको प्रयोग गर्नुपर्ने हुन सक्छ । यो रोगमा बेहोस हुने, कोमामा जान सक्ने भएकाले डाक्टरको परामर्शमा हस्पिटल रिफर गर्नुपर्ने हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!