चिकित्सा विज्ञानस्वास्थ्य

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) औषधिको प्रयोग अनियमित मुटुको धड्कन, उच्च रक्तचाप, टाउको दुख्ने र एंजाइना, छाती दुख्ने, चिन्ता र हार्ट अटेक रोक्न राम्रो औषधि मानिएको छ । यो औषधि अति नै महत्वपूर्ण मानिएको छ । छाती दुखेको अवस्थामा खानाले रक्तचाप कम गरेर हार्ट अटेकको समस्याबाट बचाउने छ । यसले मुटुको बीटा-एड्रीनर्जिक रिसेप्टर्सलाई रोक्ने काम गर्दछ ।

यस्ता कतिपय औषधिहरू छन जसले समयमा मानिसको जीवन रक्षा गर्न सक्षम छन् । छाती दुख्ने, लामो समयदेखि टाउको दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिएमा डाक्टरको परामर्शमा यो औषधि चलाएर जीवन रक्षा गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्  

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

हामीले सहि औषधिको छनोट गरेर उपचार गर्न सके राम्रो फाइदा हुने देखिन्छ । कतिपय औषधिको राम्रो भुमिका भएको भएपनि कतिपय औषधिको साइड इफेक्ट हुने हुनाले डाक्टरको परामर्शमा औषधि चलाउने बानी बसाल्नु पर्दछ ।

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) सेवन गराउदा कतिपयलाई चक्कर लाग्ने, उल्टि होला जस्तो हुने, उल्टि हुने, कमजोर महसुस हुने, शरिर चिसो हुने, शुगरको लेवल कम हुने, जण्डिस जस्ता समस्या देखिएमा डाक्टरको परामर्शमा लिनुपर्ने हुन सक्छ ।

Like & Follow us on Facebook

मात्रा : बिरामीको अवस्था हेरेर १० देखि २० मि. ग्राम दैनिक दिन सकिन्छ वा डाक्टरको निर्देशन अनुसारको मात्रामा दिन सकिनेछ ।

नोट : यो औषधीको प्रयोग मुटु रोग विशेषज्ञ डाक्टरसगँ सल्लाह लिएर मात्र खानुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!