आयुर्वेद

अमला खानुका अपत्यारिला फाइदाहरु

अमलालाई भिटामिन सीको प्रमुख स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवा अवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । अमला खाँदा स्वास्थ्यमा हुने अपत्यारिला फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

फाइदाहरू

१. रोगसँग लड्ने क्षमताको वृद्धि

अमलामा भरपुर मात्रामा भिटामिन सी पाइन्छ। जसले हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

२. मुटुको लागि फाइदा

अमलाले रगत सफा गर्नुका साथै रगतमा कोलेस्ट्रोरोलको समस्या हुन दिँदैन । जसले गर्दा गर्मी होस् वा जाडो नियमित रूपमा अमलाको सेवन गर्नाले मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

३. छालालाई सुन्दर बनाउँछ

छालालाई सुन्दर बनाउन हाम्रो शरीरमा भिटामिन सी को महत्वपूर्ण भूमिका हुन्छ। नियमित रूपमा अमला खाने तथा अमलालाई पेस्ट बनाएर अनुहार तथा छालामा लगाउने गर्नाले छाला सुन्दर देखिन्छ। यस्तै अमलालाई दहीमा मिलाएर लगाउने गर्नाले पनि अनुहार तथा छालामा निखार आउँछ।

४. संक्रमणको जोखिम कम

अमलामा टि-अक्सीडेन्ट्स गुण प्रसस्त मात्रामा हुने भएले चिसो मौसममा नियमित रूपमा अमला खाने गर्नाले शरीरमा चिसोको कारणले हुने विभिन्न खालका संक्रमणहरूबाट जोगाउँछ।

५. तौल कम गराउछ

अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

६. पाचन प्रणालीमा सुधार

अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

७. ऊर्जावान्

अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

८. अनुहारमा चमक

यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

Like & Follow us on Facebook

९. कपाल राम्रो बनाउछ

यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

१०. क्यान्सरवाट बचाउछ

अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

११. जोर्नी दुखाई कम

अमलामा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नीको दुखाई कम गर्न सहयोग गर्दछ ।

१२. मोतीबिन्दु हुनवाट बचाउछ

यसमा भिटामिन ‘ए’ हुन्छ जसले मोतीबिन्दु हुनबाट जोगाउँछ ।

१३. पत्थरी हुनबाट जोगाउछ

दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

१४. रगत सफा गर्छ

अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरु लाग्न पाउँदैनन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!