जीवन-दर्शन

जीवनमा सफल र सुखी बनाउन भगवान श्रीकृष्णका १० प्रेरक बचनहरू

भगवान श्रीकृष्णलाई हिन्दू धर्ममा विष्णुको अवतार मानिन्छ । उनी युगपुरुष थिए । भगवान श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ । ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका प्रमाणहरु भेटिन्छन् । कृष्णको गीता-ज्ञान सम्पूर्ण मानव जातिका लागि पथ-प्रदर्शक मानिन्छ ।

नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ । भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । जीवनमा सफल र सुखी बनाउन भगवान श्रीकृष्णका १० प्रेरक बचनहरू निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

महाभारत, श्रीकृष्ण र कूटनीति

संसारलाई नै मोहित पार्ने भगवान श्रीकृष्णका १६ कलाहरु

श्रीकृष्णको वर्ण किन निलो थियो ?

१. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ र विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

२. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

३. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

४. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्द्रित गर्न सिकौ ।

५. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

Like & Follow us on Facebook

६. मानिस दुरदर्शी हुनका साथ-साथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।

७. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

८. कुनै पनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।

९. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइ रहेको हुन्छ ।

१०. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!