नीति

जीवनमा नीतिधर्मको आवश्यकता

Madhusudan Subedi
मधुसूदन सुवेदी

जीवनमा नीतिधर्मको आवश्यकता !

आचारः परमोधर्मो नृणां कल्याणकारकः ।

इहलोकेसुखी भुत्वा परत्र लभते सुखमे ।।

विश्वमा एकमात्र सनातन धार्मिक राष्ट्र नेपाल हिमाल, गुफा, कन्दरा, वन, जङ्कल, मठ–मन्दिर र पवित्र नदीहरूले ओतप्रोत भएको हँुदा देवता, ऋषि मुनिहरू बिश्वामित्र, व्यास, वाल्मीकि, याज्ञवल्क्य, जनक आदि देवर्षि,  ब्रम्हर्षि, राजर्षि र रावण आदि राक्षसहरू समेतले यस तपोभूमिमा तपस्या गरी वरदानसमेत प्राप्त गरेका कुरा र वराह पुराण, स्कन्दपुराण आदिले निर्दिष्ट गरेको स्थान नेपाललाई पुण्य भूमि, तपोभूमि र मोक्षभूमिको संज्ञा दिइएबाट स्पष्ट हुन्छ । हाम्रो धर्मशास्त्र, ऋषिहरू र मनीषिहरूले सदाचारयुक्त जुन विधिविधान बनाएका छन् ती हामी सनातनी हिन्दूहरूको लागि ठूलो हितकर उपज हुन् । तसर्थ नीति धर्मको हेलाँ कहिले पनि गर्नु हुँदैन । यसैमा जीवनको सफलता निश्चित छ । दृढ सङ्गल्पको साथ नीतिमा बताइएका मुख्य कुराहरूलाई अनुसरण गर्नुपर्दछ ।

धर्मो विश्वस्य जगतः प्रतिष्ठा भनेर ऋग्वेदले धर्मको काम नै जगतको प्रतिष्ठा बढाउनु हो भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ । धर्मको उल्लङ्खन गर्ने राष्ट्रमा सुख शान्तिको आशा गर्नु खरायोको सिङ खोजेर हिड्नु जस्तै हो । मर्यादामा नरहेका कुनै पनि कुराको महत्व  हुँदैन भन्ने कुरा स्वतः सिद्ध छ । मर्यादाको आधारमा नै संसार अडेको छ ।

नीति, धर्म र भगवान्को सम्बन्ध अटूट छ । धर्म रहित कुनै पनि कार्य अनीति ब; पुग्दछ, यस्तै अनीतिको कारणले गर्दा नै संसारमा सत्य, त्रेता, द्वापर र कलियुगमा भगवान्लाई अवतरित हुन बाध्य हुनुपरेको थियो । किनकि नीतिविरुद्ध रहेका मानिसलाई सन्मार्गको शिक्षा दिन र भक्तको कल्याण हेतु नीतिस्वरूप भएर भगवान् अवतरित हुनु भएको हो । यस संसारमा पाप–पुण्य, सदाचार–अत्याचार, नीति–अनीति, विधि–निषेध, न्याय–अन्याय, शुभ–अशुभ आदि सबै क्रियाकलापको कर्मफल नीति विधानअनुसार मानिसले अवश्य भोग्नुपर्दछ ।

आज संसारमा भौतिकवादको सुख सुविधाको उपलब्धि भएर पनि घोर अशान्तिले ग्रस्त भएर हाहाकार मच्चिराखेको छ । यसको मूल कारण के हो भने मानिसले धर्मशास्त्रमा बताइएका कल्याणकारी नीतिहरूलाई त्यागेर आफूखुसी किसिमबाट जीवन यापन गर्न लागे । मर्यादालाई त्यागेर उच्छृत्रलता तिर लागे, यसैले गर्दा देश र समाज पतन हुँदै गई रहेको छ ।

नेपाल सँधैभर आफ्नो महान् धार्मिक स्थल, तीर्थस्थल, मठ–मन्दिर आदि तथा नैतिक मूल्यको कारण संसारमा एकमात्र सनातन हिन्दूराष्ट्रको रूपमा सम्मानित भएर रहेको छ । तर आज यही राष्ट्रमा अनाचार, पापाचार, हिंसा, अनैतिकता धेरै फैलिरहेको छ । यसको मूल कारणमा झूटो, वेईमानी, उच्छृत्रलता, स्वेच्छाचारिताको प्रभाव ज्यादै बढिरहेको देखिन्छ, जसले गर्दा नेपाल र नेपालीको अस्मितामाथि ठूलो सङ्गट आइरहेको छ । सबै वर्ग समुदायमा अहंपना आएको छ ।

धर्मशास्त्रको वचन छ–सत् आचरणले दीर्घायु मनले इच्छा गरेअनुसार सन्तान, धन प्राप्त भई खराब लक्षण नाश हुँदै जान्छ । हाम्रो यो दुर्भाग्य हो–पाश्चत्य देशको अति भौतिकवादलाई अवलम्बन गरी पठन—पाठन पनि त्यतैतिर लम्किरहेको छ । मनुस्मृतिले बताएको नीतिसारलाई त्यागी धर्मशास्त्रले बताएको बाटो नै छोडिदियौं । हामीहरूले सत्य आचरणलाई त्यागेर स्वयं अनैतिकता, अनाचार, पापाचार तथा अशान्तिको खाल्टोतर्फ अग्रसर भई आत्मघाती बाटो लिदै आयौं । सनातन धर्म, संस्कृतिले बताएको मार्गलाई कुठाराघात गर्दै आउनु नै यसको मुख्य कारण हो ।

धर्मको मर्म नबुझ्नाको कारणले नै मानिस अनीतितर्फ लाग्दछ तव ऊ रावण, कंश, दुर्योधन आदि र हाल आएर आतङ्गवादी जस्ता आसुरिवृत्तिमा लाग्ने प्राणी ब; पुग्दछन् । मानिस जब अनीतिको मार्गमा लागेर पापकर्म तथा दुष्कर्म गर्न लाग्दछन् साथै आफूबाट गरिएका पापकर्मको प्रायोश्चित पनि गर्दैनन् भने यो लोकमा निन्दित र दुःखको कारण बन्दछन् र परलोकमा उसको दुर्गति हुन जान्छ । परमपिता परमात्मा यस सृष्टिमा सबभन्दा ठूलो न्याय कर्ता हुनुहुन्छ । तसर्थ पाप–पुण्य, न्याय तथा अन्यायद्वारा कमाएको कर्मकोफल जन्म–जन्मान्तरसम्म आफूले भोग्नुपर्दछ । जस्तो–शुभ कर्म गरेको भए ठूलो इज्जतदार व्यक्तिको घरमा जन्म लिएर सुख, शान्ति ऐàर्य आदि पाएर आनन्दमा रहन्छ । यदि अशुभ कर्म गरेको भए पशु–पक्षी, कीरा, बोट बिरुवा, लहरा आदि जड योनि प्राप्त गरेर दुःखी हुन जान्छ । अनेक प्रकारको दुर्गति यिनैको कारण भोग्नुपर्दछ । नीतिको अर्थ हो जीवनमा न्याय सङ्कत कार्य गर्नु ।

धर्म  एव हतो हन्ति धर्मो रक्षति रक्षितः अर्थात् हामीले धर्मलाई छाड्यौ भने हामीलाई धर्मले नष्ट गरिदिन्छ र सुरक्षित धर्मले मानिसको रक्षा गर्दछ । त्यसकारण धर्मलाई बेवास्ता गर्नु हुँदैन जसबाट आफै नाश हुन्छ । यसलाई वेवास्ता गरे देशमा उपद्रव अशान्ति भय आतङ्ग द्वेष घृणा परस्पर वैरभाव आदि फैलिन्छ । यो सब अनुभव गरेकै कुरा हो । किनकि हाम्रो देश शान्ति प्रिय छ, आनन्दित छ, कुनै कुराको डर त्रास छैन भनी पर्यटकहरू बताउँथे, खै सोसबै कहाँ गयो ? कतै कसको आतङ्गको डर, कहीं हडताल, नेपाल बन्द, उपत्यका बन्द, तोडफोड, आगजनी यी हेर्दा देख्दा यो लाग्दछ कि यी सबै सनातन आर्यधर्म प्रतिको अनास्थाको उपज हो । जसको जीवन नियमित छ, संयमित छ र जो मन, वचन र कर्मले उक्त नीतिलाई पालन गर्दछ भने उसलाई कुनै किसिमबाट पनि अहित हुँदैन, साथै उसले कसैलाई पनि दुःख दिदैन । उसले गरेको कर्मले अरुलाई शिक्षा प्राप्त हुन्छ । यस्ताको सङ्कत गर्दा पनि सर्वसाधारण व्यक्तिको चित्तवृत्ति शुद्ध भै साŒिवक भावनाको उदय हुन जान्छ ।

भगवान् धर्मरक्षक र धर्मसंस्थापक हुनुहुन्छ, यसकारण उहाँ अधर्म गर्नेको लागि दण्डधारी बनेर आउनु भएको छ । उहाँ अविनाशी परब्रम्ह हुनुहुन्छ । सबै प्राणीको î हृदयमा रहेर भित्र स्थिर हुनुभएको छ र सबैको कल्याणको निमित्त निरन्तर लागिरहनुभएको छ, तर जो अनीतिमा लागेको छ त्यस्तालाई कसैले माया गर्दैन । जस्तो आतङ्गवादीहरू अनीतिमा लाग्नाका कारण कुनै जनता पनि उनका कुकृत्य देखेर माया गर्ने देखि; । यसतालाई भौतिक सुख प्राप्त हु;, सामाजिक अपहेलना रहन्छ, अधोगतिमा पुग्दछ, धननाश हुन्छ, शक्तिनाश हुन्छ । हिंसा अत्याचारको बाटो लाग्दछ, साथै अधोगतिको बाटो नै यस्ताको लागिरहिरहन्छ, यी सबै अनीतिका लक्षण हुन् । यस्ता व्यक्ति अविवेकी हुन्छन् । भगवान्देखि टाढा रहन्छन्, खराब नियत लिएर काम गर्दछन्, आसुरी प्रकृतिलाई धारण गर्नाको कारण मूर्ख ब; पुग्दछन् र भगवान्लाई कहिले सम्झदैनन् ।

हामीले यो बुझ्नु पर्दछ—यस संसारमा जससँग दैवी सम्पत्ति छ त्यो नै सबभन्दा धनी व्यक्ति हो, सन्तोष लिनु सात्विक शक्ति हो संसारमा रहेर निष्काम, निष्पाप कर्म गर्दै रहनुपर्दछ, जसबाट धन, धर्म, सुख, सन्तान जे मिल्नुपर्ने हो सो अवश्य नै मिल्नेछ । यस जुनिमा मानिस शुभ –अशुभ कर्ममा बाँधिएको हुन्छ, जीवनरूपी डोरीको गाँठो यसै मनुष्य जुनीमा खोल्न सकिन्छ । साथै मुक्त पनि हुन सकिन्छ र मोक्ष मिल्न सक्दछ । त्यसकारण सन्मार्गमा लाग्नु, धर्मनीतिको बाटोको अनुसरण गर्नु र सधैँभरि भगवान्को संम्झना गर्दै रहने यी कुराहरूलाई सधैँ ध्यान दिनुपर्दछ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!