खानपान

थाहा पाइराखौ ! यी हुन् क्याल्सियम पाइने खानेकुराहरु

क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ । हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा क्याल्सियम प्रशस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ । दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ ।

यो पनि पढनुहोस्

कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?

मानिसलाई भिटामिन किन आवश्यक छ ?

भिटामिन डी र यसको महत्व

माहामारी बन्दैछ, भिटामिन डी को कमी

भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

१. दुध

दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।

२. तिल

अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

३. हरियो सागपात

हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।

४. बदाम र ओखर

मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ । बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पूराउँछन् ।

Like & Follow us on Facebook

५. काँक्रो, बन्दाकोबी

हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।

६. केरा

हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र सरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।

७. टुसा पलाएको भटमास

हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।

८. सेल्मन माछा

हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

९. माछा, मासु र अण्डा

माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पूराउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!