हेल्थ टिप्स

लसुन एक फाइदा अनेक

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लसुन हाम्रो भान्साको शोभा भन्दा खासै फरक पर्दैन सहि तरिकाले लसुन प्रयोग हुन्छ भने मलाई लाग्छ यस्ले असाध्य खालका रोग निको बनाउन ठूलो भूमिका लसुनले खेलेको पाइन्छ । लसुनको गन्धका कारण आज मानिसले काचो लसुन खान मन नपराउने भएकाले यस्को प्रत्यक्ष फाइदा लिनबाट बन्चित देखिन्छन् ।

लसुनमा सेक्स हार्मोन बनाउने गुण भरपुर छ । लसुनमा पुरूषको मेलहर्मोन या सेक्स हर्मोनलाई बाइलेन्समा राख्ने काम लसुनले गरेको छ । पुरूषको इरेक्टाइल डिस्फंक्शनलाई हटाउने काम गर्दछ भने लसुनमा सेलेनियम धेरै मात्रामा हुने हुनाले स्पर्म क्वालिटी बढाउने काम गर्दछ ।

खाना चपाउन दाँतले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ लसुनको प्रयोगले यो समस्या पनि हल गर्ने काम गर्दछ । दाँत दुखेको बेला लसुन पिसेर दातमा राखेमा दुखी रहेको दाँत निको बनसउदछ । लसुनमा एंटी बैक्टीरियल तत्वलाई हटाउदछ ।

लसुन भुटेर दैनिक खाने गर्नाले हाई ब्लड प्रेशरलाई नर्मल बनाउदछ । प्रेशरको औषधि सेवन गरेको बेला यस्को सेवन गर्न सके राम्रो फाइदा देखिनेकुरा लसुन गुण विधानमा उल्लेख गरेको छ । आज अधिकांश रोगीलाई प्रेशरको औषधिले काम गरेको छैन ।

क्यान्सरमा प्रोस्ट्रेट र ब्रेस्टमा लसुनले राम्रो भुमिका खेल्दछ । तरकारीमा अनिवार्य लसुन राख्ने गर्नाले शरीरलाई न्यानो बनाउने काम गर्ने हुनाले यो रोगमा राम्रो फाइदा गर्दछ । पेटको ग्यास्ट्रिक रोगबाट बचाउन पनि भुटेको लसुनले राम्रो भुमिका छ ।

काचो लसुन कतिपयले मन नपाउने भएकाले घिउमा भुटेर सेवन गर्दा पनि राम्रो फाइदा हुने हुनाले यो बहुउपयोगी छ । लसुन सेवन गर्ने बानी बसालौं जाडो याममा वाथको समस्या जोर्नी जोर्नी दुख्ने समस्या भएमा खानेर मालीस गर्ने र भुटेको लसुन सेवन गराउनाले वाथको रोग समेत निको बनाउन राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

भुटेको लसुन खाँदा हुने फाइदाहरु

दमको कारण र उपचार

खोकीको घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!