धर्म-सस्कृति

नमस्कार गर्नुको कारणहरु र महत्व

नमस्कार गर्नुको कारणहरु र महत्व ! हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् । नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको हृदयमा रहेको दैवीय चेतना र प्रकाशप्रतिको सम्मान । एक आत्माले अर्को आत्माप्रति सम्मान र आभार प्रकट गर्नका लागि बनेको शब्द हो नमस्कार । मिलाएर नमस्ते गर्दा दुवै हात अनाहत चक्रमा राखिन्छ, आँखा बन्द गरिन्छ अनि शिरलाई झुकाइन्छ ।

हातलाई हृदय चक्रमा ल्याएर दैवी प्रेमको बहाव ल्याउन सकिन्छ । नमस्कार गर्दा शिर झुकाउने र आँखा बन्द गर्ने भनेकोले हृदयमा विराजमान ईश्वरप्रति आफैंलाई सुम्पिने गरिन्छ । तपाईंलाई साह्रै रिस उठ्यो भने तत्कालै रिस उठेको मानिसलाई नमस्कार गरिदिनुस् । दुवै हात जोडिने बित्तिकै रिस मरिहाल्छ । अनि अर्को मानिस पनि तपाईंको नमस्ते देखेर तपाईंमाथि रिस प्रकट गर्न सक्दैन । हात जोडेर नमस्ते गर्दा तपाईंका औंलाहरू एक आपसले अक्युप्रेसर पद्दतिको रुपमा थिचिन्छन् र तिनलाई जोडिराख्दा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छन् । यसले आत्मिक जागरण गराउँछ अनि तपाईंको मन शान्त हुन्छ र अनुहारमा मुस्कार छरिन्छ । बेदमा यसको अझ गहिरो अध्ययन गरिएको छ नमस्कार गर्नुका प्रमुख २ वटा कारणहरु यस प्रकार छन् :

१. नमस्कार अभिनन्दनको रहस्य

नमस्कार मुद्रा “नम:” अर्थात अरुको सरिरमा रहेको त्यो दिब्य आत्मालाई मेरो नमस्कार छ । यो दुइ हात जोडेको मुद्राले हाम्रो अध्यात्मिक प्रबलतालाई बढाउछ र यसले ईश्वरीय चैतन्यलाई जगाउछ ।

२. नमस्कार मुद्रा

नमस्कार मुद्राले शरिरमा दिब्य चेतना बढ्छ । हाम्रो शरिरमा धेरै उर्जाहरु हुन्छन त्यसमा पनि नराम्रो र राम्रो दुवै उर्जा हुन्छ । जब हामी २ हात जोडेर नमस्कार मुद्रामा एक आपसमा नमस्कार गर्छौं, त्यो २ हात मज्जाले जोडेको अवस्था र छुटिएको अवस्थामा शरिरमा भएको नराम्रो उर्जाहरु बाहिर निस्किन्छन् । यसले हाम्रो शरिरमा रहेको पन्च महाभुतको पृथ्वीलाई आकर्षित गर्छ जसले गर्दा अध्यात्मिक शक्तिलाई आफुतिर जागरुक हुन दिन्छ ।

हामीले मन्दिरमा गएर नमस्कार गर्नुको अर्थ पनि त्यही हुन्छ, यो आत्माद्वारा त्यो परात्मालाई नमन गरिएको हो । हाम्रो वेद वास्तबमा एक बिज्ञान हो , यो आफैमा एक योग हो । मानिस सनातन धर्म त्यागेर अररू धर्ममा गएतापनि उसमा रहेको धेरै सनातनी गुणहरु मृत्युसम्मै पनि छुटदैन ।

यो पनि पढ्नुहोस् 

सूर्य नमस्कार गर्नुको बैज्ञानिक रहस्य

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

गायत्री मन्त्र जप्दा स्वास्थ्यमा हुने फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!