राष्ट्रिय समाचार

इबोलाको परिक्षण नेपालमै गर्न सकिने

काठमाडौ, फाल्गुन २। इबोलाको परिक्षण नेपालमै गर्न सकिने । मुलुकमा ‘नियन्त्रित पहुच अन्तर्गत विशिष्ट प्रकारको परिक्षणहरु गर्ने प्रयोगशाला’ अभावले अति संक्रामक जिवाणुको परिक्षणको लागि विदेश पठाउनुपर्ने वाध्यता हटने भएको छ । विश्व स्वास्थ्य संगठनले मुलुकको पहिलो वायो सेफटी लेभेल-३-विएसएल(३) प्रयोगशाला प्रमाणिकरण गरेपछि संक्रामक रोगको नमुना विदेश पठाउनु पर्ने वाध्यता हट्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको यो प्रयोगशालामा अत्यन्त उच्च संक्रामक रोगहरुको परिक्षण, अध्ययन अनुसन्धान गर्न सकिन्छ ।

हाल सम्म पोलियो भए नभएको किटान गर्न दिसाको नमुना थाइलैण्ड पठाउनु पर्छ भने विश्व भरी आतंक मच्चाउको ‘इवोला’, को शंकास्पद विरामी देखिए त्यसको परिक्षण मुलुकमा हुन सक्दैन । ‘किट उपलब्ध भयो भने विएसएल-३ प्रयोगशालामा हामी इवोला परिक्षणसमेत गर्न सक्छौ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला की निर्देशक डा.गिता शाक्य भन्छिन-‘भविष्यमा कुन संक्रामक रोग मुलुकमा आउला थाहा छैन तर यो प्रयोगशालाले हामीलाइ रोग पहिचान लगायतका प्रकृयामा सघाउछ ।’

यो प्रयोगशालाको आन्तरिक सुरक्षा अन्तर्गत तिन तहको ‘डिजिटल’, नियन्त्रण प्रवेश द्वार रहेको छ । डा.शाक्यको अनुसार प्रयोगशालामा सिसिटिभी, अलार्म, टेलिफोन आदि जडान गरिएको छ । प्रयोगशालामा उच्च जैविक सुरक्षाको समेत अति विशेष ध्यान दिइएको छ । प्रयोगशालाको प्राविधिकहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण, स्वास प्रस्वास यनत्र, आदिको समेत व्यवस्था गरिएको छ ।’ यो प्रयोगशालाले वैज्ञानिक र वातावरणलाइ हुन सक्ने संक्रमणको जोखिमवाट जोगाउछ’, डा.शाक्य भन्छिन-प्रयोगशालाको कडा सुरक्षा प्रणालीले कुनै पनि रोगका जिवाणुलाइृ वातावरणमा फैलिनवाट समेत रोक्छ ।’ वर्ड फलु, कोरोना भाइरस, निपा, वेस्ट निल भाइरस जस्ता महामारी फैलाउन सक्ने जिवाणुको छोटो समयमा पहिचान र यकिन विएसएल-३ प्रयोगशालावाट गर्न सकिन्छ ।

‘राष्ट्रिय सुरक्षा संग सम्वद्घ कुरा हुने भएकोले यो प्रयोगशालामा काम गर्ने व्यक्ति स्थायी हुनु पर्ने मान्यता छ’, स्वास्थ्य मन्त्री खगराज अधिकारीले केहि वर्ष मै यस भन्दा समेत उच्च स्तरको विएसएल-४ प्रयोगशाला समेत निर्माण गरिने बताए । विएसएल-३ प्रयोगशाला को वाषिर्क संञ्चालन खर्च करिव एक करोड अनुमान गरिएको छ । यो प्रयोगशाला लाई आफनो गुणस्तर कायम राख्न सर्व स्विकृत प्रोटोकोललाई पालना गर्नु पर्छ । हरेक तिन वर्षमा अन्तर्राष्टिय निकायवाट यो प्रयोगशालाको प्रमाणिकरण गर्नु पर्छ’, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सेनेन्द्र राज उप्रेतीका अनुसार गुणस्तर कायम नराखे यो प्रयोगशाला विएसएल २ प्रयोगशालाको स्तरमा झर्नेछ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!