अन्तर्राष्ट्रिय समाचार

संसारकै सबैभन्दा कम उमेरका व्यक्तिको मुटु प्रत्यारोपणको रेकर्ड

लस एन्जेल्स,फागुन १ । संसारकै सबैभन्दा कम उमेरका व्यक्तिको मुटु प्रत्यारोपणको रेकर्ड । अमेरिकाको लस एन्जेल्सस्थित एक अस्पतालमा एकजना ६ दिने शिशुको मुटु प्रत्यारोपण गरिएको छ । सो समाचारअनुसार ती शिशुको मुटु प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको जानकारी दिइएको छ । उनका बुबाआमा र चिकित्सकले सो प्रत्यारोपण सफल भएको जानकारी दिएका छन् । ती शिशु (बालिका) को जन्म एक हप्ताअघि नै भएको थियो । समय नपुगी जन्मिएकाले ती शिशुको मुटुमा पनि समस्या देखिएको थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनका बुबा आमाले ती शिशु बाच्न नसक्ने बताएका थिए । तर अमेरिकाको एरिजोनाको फोनिक्स बाल अस्पतालमा जन्मिएकी उनको मुटु प्रत्यारोपण गरिएको र सो प्रत्यारोपण सफल भएको बताइएको छ । ती शिशुकी आमाको गर्भावस्थाको स्वास्थ्य पनि अत्यन्तै नाजुक रहेको थियो । गर्भावस्थामै उनलाई समस्या देखिएपछि समय नपुगिकनै शिशुलाई अप्रेसन गरी निकालिएको थियो ।

ती शिशुकी आमाले भनेकि छिन्– गर्भमै मलाई निकै समस्या परेकोले बच्चा जन्माउनका लागि मैले चिकित्सकहरुको टिमलाई आग्रह गरेँ र मलाई राम्रैसँग बच्चा जन्मिनेमा शङ्का थियो । ती शिशुको जन्म गएको फरवरी ५ मा भएको हो । उनलाई अहिले पनि अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था हाल राम्रै रहेको पाइएको समाचारमा जनाइएको छ । ती शिशुका आमाबुबाले उनको जीवितै जन्मको कुनै आशा नै नगरेका भन्दै उक्त अस्पतालका चिकित्सकले पनि खतरा मोलेर नै मुटु प्रत्यारोपणको प्रयास गरेका बताएका छन् । शिशु गर्भमा रहेदेखि नै उनको समस्या देखा परेको तर त्यसको समाधानका लागि लागिपरेका चिकित्सकले मुटुमा नै त्यस्तो समस्या होला भनेर भने नसोचेका बताइएको छ । तर अहिले आएर सो बच्चाको स्वास्थ्य अवस्था राम्रो नै रहेकाले भने चिकित्सकहरु निकै खुसी र सफल भएको अनुभव गरेका बताइएको छ । उक्त अस्पतालबाट प्रकाशित विज्ञप्तिमा ती शिशु मुटु प्रत्यारोपण गर्ने सबैभन्दा कम उमेरका व्यक्ति भएको जानकारी दिइएको छ ।

– रासस/एएफपी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!