राष्ट्रिय समाचारसूचना प्रविधि

इन्टरनेट प्रोटोकल टिभी आउँदै

काठमाडौं। इन्टरनेट सेवा प्रदायक तीनवटा कम्पनीले इन्टरनेट प्रोटोकल टेलिभिजन सञ्चालन गर्ने तयारी थालेका छन्। नेपालमा पहिलोपटक यस्तो सेवा सुरु गर्न लागिएको हो। आइपी टिभी सञ्चालनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले क्यान इन्फोटेकमा समेत टिभी प्रदर्शनी गरेका थिए। आफूलाई मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट प्रोटकल (आइपी) टिभी नेपालमा सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक (आइएसपी) केही कम्पनीहरूले न्यु आइटी भेन्चरसँग मिलेर आइपी टिभी सुरु गर्न लागेका हुन् । सुबिसु, वर्ल्डलिंक र भायनेटले आइपी टिभीको जानकारी दिन इन्फोटेकमा प्रदर्शनी गरेका थिए।

जापानमा आइपी टिभी संचालन गर्दै आएको नेपाली कम्पनी न्यु आटी भेन्चरले नेपालमा प्रसारणका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । आइएसपी कम्पनीहरू वल्र्डलिंक कम्युनिकेसन्स, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन र भायनेट कम्युनिकेसनले त्यस टिभीलाई आफ्ना ग्राहकको घरसम्म पुर्याउन लागेका हुन् । सञ्चालनमा आउन लागेको नेट टिभी ब्रान्डमा दुई कम्पनी वर्ल्डलिंक र भायनेटले सेवा दिने तयारी गरेका छन्। आइपी टिभी सञ्चालनका लागि सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिइसकेको छ। आइपी टिभी सञ्चालनका लागि उपभोक्ताले एन्ड्रोइड बक्स जडान गर्नुपर्ने हुन्छ। कम्पनीले दिने बक्समा इन्टरनेट २ एमबिपिएस स्पिडमा चल्ने जनाइएको छ।

आइपी टिभीमा मुख्य तीन विशेषता हुनेछन्। लाइभ टिभी यसमा उपभोक्ताले टिभी हेरेकै समयमा देख्नेछन्। अर्काे रेकर्ड वा क्लाउड सिस्टममा राखेर पछि पुनः प्रसारणमा हेर्ने र अर्काे भिडियो अन डिमान्ड यसमा सेवा प्रदायकले भिडियोलाई क्लाउड डाटाबेसमा राख्ने छन् र उपभोक्ताले त्यो अप्सन प्रयोग गरेर हेर्न सक्छन्। दुई कम्पनी वर्ल्डलिंक र भायनेटले संयुक्त रुपमा एउटै कम्पनीको आइपी टिभी सञ्चालन गर्ने भए पनि अफर र स्किम फरक हुन सक्ने कम्पनीहरुले जनाएका छन्। अर्काे सेवा प्रदायक सुबिसुले भने आफैं सेवा सञ्चालन गर्नेछ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!