राष्ट्रिय समाचारसूचना प्रविधि

डिजिटल केबुल सिम टीभीको सेवा सुरु

काठमाडौं। डिजिटल केबुल सिम टीभीको सेवा सुरु ! डिजिटल केबुल सेवा प्रदायक सिम टीभी सञ्चालनमा आएको छ । उपभोक्ताले यसको सेवा उपभोग गर्न आवश्यक सेट टप बक्स, अप्टिकल फाइबर र जडान सेवा निःशुल्क प्राप्त गर्नेछन् । अप्टिकल फाइबर मार्फत सेवा पुर्‍याउने यस्तो प्रविधिमार्फत उपभोक्ताहरूले हाइ डेफिनेसन वा स्टेन्डर्ड डेफिनेसन च्यानलको मज्जा लिन सक्नेछन् । कम्पनीले काठमाडौं, मेची, कोसी, सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा ३ अर्ब २० करोड रुपैयाँबराबरको सेटटप बक्स वितरण गर्ने जनाएको छ । यसका लागि केबुल नेटवर्क नपुगेका ठाउँमा अप्टिकल फाइबर बिछ्याउने कार्य सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको निर्देशनमा सन् २०१५ सम्म सबै केबुल सेवा प्रदायकहरू डिजिटल हुनुपर्छ । कम्पनीले १ करोड खर्च गरी एमएसओ लाइसेन्स लिएको विज्ञप्तिमा जनाएको छ । सिम टीभी मल्टिपल सर्भिस अपरेटर हो । यही प्रविधिमार्फत कम्पनीले आफ्नै ब्यान्डविथ भएको हाइस्पिड इन्टरनेटसमेत उपलब्ध गराउनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!