अन्तर्राष्ट्रिय समाचारसमाचार

पुरुषले जन्माए जुम्ल्याहा बच्चा

पुरुषले जन्माए जुम्ल्याहा बच्चा ! चिकित्सा विज्ञानमा एक नयाँ चमत्कार भएको छ र नयाँ इतिहास रचिएको छ । टेस्ट ट्युब प्रविधिले एकपटक पुनः मेडिकल जगतमा नयाँ इतिहास रचेको छ। एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको हो । एक पुरुषले जुम्ल्याहा बच्चा जन्माएर यो इतिहास रचेका हुन्। यो कुनै मेडिकल चमत्कार भने होइन, यो सबै सम्भव भएको हो टेस्ट ट्युब बेबीसम्बन्धी प्रगतिशील प्रविधिका कारण । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् । भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन् । नाम तथा अन्य शारीरिक अवस्थाको आधारमा महिला जस्तै भएपछि पुरुषको जस्तै एक्स वाइ क्रोमोजोम भएका ती व्यक्तिले जुम्ल्याहा बच्चा जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतको गुडगाउँका बासिन्दा ती व्यक्तिको नाम खुलाइएको छैन । पुरुषको जस्तै क्रोमोजोम भएको तर शारीरिक अवस्था तथा अंगहरु महिलाको जस्तै भएको कारण ती व्यक्तिले गर्भाधारण गर्न सकेका थिएनन् । पुरुषको जस्तै एक्स वाइ सेक्स क्रोमोजोम भएका कारण उनको सरीरमा यौन हर्मोन तथा डिम्ब समेत विकशित हुँदैनन् ।त्यसैले उनी मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए ।अन्ततः उनले जुम्ल्याहा बच्चा पाए । डाक्टरका अनुसार उनको अभिकशित पाठेघरलाई विकशित बनाउनका लागि हर्मोन तथा इन्डोक्राइनल उपचार गरियो । तत् पश्चात उनको पाठेघर बच्चा हुर्किन लायक भयो र जिन्दगीमा पूरै ३२ वर्षपछि उनको पहिलोपटक महिनावारी समेत गराउन डाक्टरहरु सफल भए । तत् पश्चात उनका श्रीमानको शुक्राणुबाट ह्युमन टिस्यु कल्चर प्रविधिको सहायताले भ्रुण तयार गरियो र उक्त भ्रुण उनको गर्भाशयमा प्रत्यारोपण गरियो । अन्ततः उनले फेब्रुअरी ६ का दिन जुम्ल्याहा बच्चा जन्माए जसमध्ये एउटा छोरा र अर्को छोरी छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!