अन्तर्राष्ट्रिय समाचारसमाचार

टेस्टट्युब बेबी रोलन स्ट्रस बनिन विश्वसुन्दरी

टेस्टट्युब बेबी रोलन स्ट्रस बनिन विश्वसुन्दरी । विश्व सुन्दरी प्रतियोगिता सबै भन्दा पुरानो सुन्दरी प्रतियोगिता हो जो अहिले सम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१मा सुरु गरिएको हो। विश्व सुन्दरी प्रतियोगिता एउटा अन्तर्राष्ट्रिय सौंदर्य प्रतियोगिता छ जो प्रतिवर्ष महिलाहरूका लागि आयोजित गरिन्छ।विजेताहरूले विश्व सुन्दरी संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरि बिभिन्न भ्रमणहरूमा एक बर्ष बिताउँछन्। परम्परागतरूपमा, विजेताहरू आफ्नो कार्यकाल भरि लण्डनमा नै बस्ने गर्दछन।

६४ औं संस्करणको २०१४ को विश्व सुन्दरी प्रतियोगितामा दक्षिण अफ्रिकी सुन्दरी रोलिन स्ट्रस नयाँ विश्व सुन्दरीको उपाधि जित्न सफल भइन् । पाँच फिट नौ इन्च अग्ली २२ वर्षकी रोलनले यो उपाधिसँगै अर्को कीर्तिमान कायम गरिन्, पहिलो टेस्टट्युब बेबी विश्वसुन्दरी । कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाइजेशन महिलाहरुमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधी हो। यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधी मानिन्छ। यस प्रक्रिया मा कुनै महिला को अण्डाशय बाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ। यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्व मा पहिलो पल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए। उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टर मा भएको थियो।

विश्वका १ सय २१ मुलुकको सहभागिता रहेको उक्त प्रतियोगितामा २२ वर्षीया रोलिनले गत वर्षकी विजेता फिलिपिन्सकी मेगान योङको हातबाट मिस वल्र्ड-२०१४ को ताज आफ्नो शिरमा सजाइन्। पाँच वर्षसम्म बच्चाको प्रतीक्षा गर्दा पनि सफल नभएपछि उनका अभिभावकले टेस्टट्युब बेबी जन्माउने निर्णय गरेका थिए। रोलनका बाबु पेसाले चिकित्सक र आमा नर्स हुन्। चार दशकपछि मिस वर्ल्डको ताज साउथ अफ्रिका भित्र्याएकी रोलन मिस वल्र्डको उपाधि जित्ने तेस्रो अफ्रिकी सुन्दरी हुन्। रोलन पनि चिकित्साशास्त्रकी विद्यार्थी हुन्। युनिभर्सिटी अफ फ्री स्टेटमा चौथो वर्षमा अध्ययनरत उनी चिकित्सक बन्ने तयारीमा छिन्। सानैदेखि ‘मिस साउथ अफ्रिका’ बन्ने सपना पालेकी रोलनको अंग्रेजी र अफ्रिकी भाषामा दख्खल छ। तर, उनको लक्ष्य भने मेडिकल क्षेत्र नै हो। भविष्यमा स्वास्थ्यसेवा र महिला कल्याणको क्षेत्रमा काम गर्ने उनले बताएकी छन्। ५ वर्षकै उमेरमा ‘इलाइट मोडल लुक इन्टरनेसनल’को विजेता बनेकी उनले त्यसपछि ‘मिस साउथ अफ्रिका’को उपाधि पनि चुमिन्। सौन्दर्य प्रतियोगिताको क्रेजलाई राम्ररी मापन गरेकी उनी अन्तत: मिस वर्ल्डको ताज चुम्न सफल भइन्। उनी चार दशकपछि मिस वर्ल्डको ताज साउथ अफ्रिका भित्र्याउन सफल भइन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!