स्वास्थ्य

शरीरमा एसिड परेमा त्यसको उपचार

शरीरमा एसिड परेमा त्यसको उपचार । एसिड आतंक नेपालमा सबैका लागि एउटा ठूलो चुनौती विषय बनेर खडा भएको छ। अज्ञात व्यक्तिले एसिड फ्याँकेको घटनाले धेरै अभिभावकलाई चिन्तित तुल्याएको छ । तेजाब आक्रमणसंग सम्बन्धित एउटा रिटमा सर्वोच्च अदालतले त्यस्ता हिंसाबारे हेर्न बेग्लै द्रुतगतिको अदालत गठन गर्ने जस्ता नयां कानुनी प्रावधानहरु ल्याउन सरकारको नाममा २०६६ सालमै निर्देशनात्मक आदेश जारी गरेको थियो। दक्षिण एसियाली मुलुकहरु बंगलादेश तथा भारतमा जस्तै कडा सजायका प्रावधानहरु ल्याउनुका साथै तेजाबको उपलब्धतामाथि कडा नियन्त्रण गरेमात्रै त्यस्ता हिंसामा कमी आउन सक्छ। सर्बप्रर्थम एसिड लागेको ठाउँमा प्राथमिक उपचार गर्नुपर्छ अन्यथा खराब अवस्थामा एसिड रोगी जीवन लागि घातक हुन सक्छ ।

एसिड लगेका विरामीहरुका लागि मृत्युको भन्दा साधारण संक्रमणको डर बढी हुन्छ । एसिड लगेको सबै लुगा हटाउनुपर्छ । एसिड लागेको ठाउँमा दुध वा पानीले पखाल्नु बेस हुन्छ । एसिड जहाँ प्रहार हुन्छ,निमेषभरमै आगोको लप्कामा परेजस्तै शरीरका अंग बडाउँछ । एसिड जति बढी समय शरीरमा रह्यो,त्यति नै बढी गहिरो चोट पुर्याउँछ । त्यसैले जतिसक्दो छिटो चिसोपानीले पखाल्नुपर्छ । पानी नभए जे चिसो पदार्थ छ,त्यसैले धुनुपर्छ । पानीले पखालेपछि तत्कालै अस्पताल पुर्याउनुपर्छ भन्ने छैन । पानीले नपखालिकन अस्पताल पुर्याउँदा समस्या थप गहिरिन सक्छ । कम्तीमा आधा घन्टा पानीले सफा गर्नु राम्रो हुन्छ एसिड लागेको शरीरका क्षतिग्रस्त तन्तुहरू लागि प्रोटिन र कार्बोहाइड्रेटको धेरै आवश्यकता पर्दछ । । उपचारको क्रममा बिरामीलाई उचित पोषकतत्वको आवश्यक ता पर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!