धर्म-सस्कृति

के भक्तिभावले शक्ति प्राप्त हुन सक्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मेरो विचारमा सक्छ भन्न चाहन्छु यो मेरो अनुभव हो । हाम्रो मनमा लोभ र लालचले डेरा जमाएको छ । जब हामी पुजास्थलमा पुग्छौं त्यहाँ हाम्रो सवैभन्दा पहिलो माग भनेको धनसम्पति रहेको हुन्छ । हरेक व्यक्ति लोभमा फसेको छ । भगवान भक्ति भन्दा पैसाको शक्ति छ भन्ने कुरा दिमागमा भरिएको छ ।

हामीले शान्तिको कामना गरेका हुदैनौं हामीलाई केवल पैसा चाहिएको रहेछ । शान्ति प्राप्त गर्न पैसा नै चाहिन्छ भन्नेको कमि यहाँ छैन । पैसा पैसाको पछि मान्छे लागेको छ । शान्ति अमन चयन खलल गरेर भएपनि पैसा कमाउनु पर्छ भन्ने भावनाले गर्दा नै हामीले शक्ति प्राप्त गर्न सकिरहेका छैनौं । यहाँ शक्ति त पैसामा छ, शक्ति कुर्सीमा छ भन्ने भावनाले गर्दा आज मानिसले केहि गर्न सकि रहेको छैनन् ।

यो पनि पढ्नुहोस्  

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

गायत्री मन्त्र जप्दा स्वास्थ्यमा हुने फाइदाहरु

गायत्री मन्त्रको अर्थ र महत्व

जनै धारण गर्नाका ९ फाइदाहरू

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

भगवानले हामीलाई दुईवटा ब्रेन दिनुभएको छ तर हामीले केवल एउटा ब्रेनलाई मात्र प्रयोग गरेका छौं । जब हामीले दोस्रो ब्रेनलाई क्रियाशील गराउछौं भने त्यहाँ शक्तिको संचार हुन थाल्दछ । जसले दुवै ब्रेनलाई युज गर्छ उ लेखक, डाक्टर, वैज्ञानिक र संसारको गुरू बन्न पुग्दछ ।

मानव यस्तो प्राणी हो जसले चाहेमा यो भौतिक शरीरलाई समेत बदल्न सक्छ । भगवान् शिव त्रिनेत्रका हुनुहुन्छ भन्ने कुरा हामीले सु्न्छौं र हेरेका पनि छौं के यो सत्य होला त् ? यस बारेमा हामीले पहिले दोस्रो ब्रेन भनेकै तेस्रो नेत्र हो । त्यो नेत्र हामीले जब प्राप्त गर्न थाल्नेछौं त्यतिबेला बल्ल हामीले शक्तिको अनुभव प्राप्त गर्न थाल्नेछौं । यो कुरा कुनै पनि ग्रन्थमा उल्लेख गरेको पाइदैन जहाँ निश्वार्थ भक्ति भाव छ त्यहाँ शक्तिको संचार छ भनेर हामीले बुझ्न सक्नुपर्छ ।

गुरू माता पिता र शिक्षा दिने चाहे त्यो सानो होस् या ठूलो होस् पहिलो भगवान हामीले उहाँहरूलाई मान्नुपर्छ । गुरू विना यो संसार अन्धकार छ । माता पिताले हामीलाई यो धर्तीमा जन्म दिनुभयो उहाँहरू पनि गुरू नै हुनुहुन्छ र हामीले यो संसारको लिला भोग्ने अवसर पायौं । हामीलाई पैसाको खाँचो हुन सक्छ भगवानलाई प्रसाद दिन पनि पैसाको खाँचो हुन सक्छ । यहाँ पैसा नभई केहि नहुने कुरा समयले देखाएको छ ।

Like & Follow us on Facebook

तर पैसा नै सवैथोक होइन किनभने पैसाले न हामी गुमेको इज्जत फर्काउन सक्छौ न जन्मदाता माता पिता नै नै प्राप्त गर्न सक्छौं नत यो शरीरलाई अजर अमर नै बनाउन सक्छौं । पैसा केवल आवश्याकता हो, बाच्ने आधार हो, यो नकार्न सकिदैन । आज हरेक मानव सुरक्षित छैन यसको ठोस कारण नै पैसाहो । पैसाले हरेक मानिसलाई गलत दिशामा मोडेको छ । धर्म पैसामा बेचेको छ उ केवल पैसालाई ठूलो ठान्दछ । यो उसको भ्रम हो पैसा कमाउन गलत बाटो नै चुन्नुपर्छ भन्ने छैन हामीले सहि तरिकाले काम गर्न सकेको खण्डमा हामीले पैसा त्यसै प्राप्त गर्न सक्छौं ।

इमान्दार व्यक्ति भोकले मर्दैन, विश्वास साथ गरेको व्यापारले एकदिन अवश्य सफलता प्राप्त गर्न सक्छ । विश्वास भए भगवानको दर्शन गर्न सकिन्छ । मनमा छल कपड भएकाले भगवानको विश्वास गर्दैन । जसले म वा आफुलाई भित्रदेखि चिनेको हुन्छ उस्ले शक्ति प्राप्त गर्न सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!