विज्ञान जिज्ञासा

निन्द्रा किन लाग्दैन ?

जब हामी मस्त निदाउन सक्दैनौं, जब हाम्रो निन्द्रा बिथोलिन्छ त्यही नै अनिन्द्रा हो । निन्द्रा पुरा नहुँदा शरीरलाई आरम मिल्नदैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ । अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्रा पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन ।

मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ । एक रातमा कति समय निदाउने ? यसको जबाफ उमेर अनुसार केहि फरक हुन्छ । खासगरी बच्चाले अधिक समय सुत्नुपर्ने हुन्छ, तुलनात्मक रुपमा बयस्कले कम । अक्सर किशोर-किशोरी, युवा, बयस्क, बृद्धबृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नुपर्ने बताइन्छ । यद्यपी सुत्ने अवधीले मात्र हुँदैन, त्यो कति गहिरो र मस्त थियो भन्ने कुरा मूख्य हो । निन्द्रा नलाग्ने कारणहरु निम्न अनुसार छन् ।

यो पनि पढनुहोस्

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

जान्नुहोस् ! वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? केहि उपयोगी टिप्सहरु

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

निन्द्रा नलाग्ने कारणहरु

१. धेरैजसो मानसिक कारणले निन्द्रा विथोलिन्छ । मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन ।

२. धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।

Like & Follow us on Facebook

३. शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।

४. धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन, यद्यपी यी क्षणिक समस्या हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!