मुख्य समाचारसमाचार

तेस्रो यूवा वैज्ञानिक सम्मेलन (२०१८) आजदेखि शुरु

१ मंसीर, काठमाडौंं । तेस्रो यूवा वैज्ञानिक सम्मेलन (२०१८) आजदेखि राजधानीमा हुने भएको छ । कमलादीस्थित युनिग्लोव कलेजमा आजदेखि शुरु भएर भोली मंसीर २ गत्तेसम्म सम्मेलन चल्ने रिकास्टका कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारीले जानकारी दिनुभयो । उक्त सम्मेलनको नारा Our Young Scientist : Our Strength, Our Hope भन्ने रहेको छ । उक्त सम्मेलनको आयोजक नेपाल पोलिमर ईन्ष्टिच्यूट, सह-आयोजक युनिग्लोव कलेज, रिकास्टको संलग्नता र नास्टको सहयोग रहेको छ ।

रिकास्टका कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारीले देशमा विद्यमान विज्ञान तथा प्रविधिको श्रीवृद्धि, स्तरोन्नती र विकासको लागि सबै सरोकारवाला निकाय र यसका प्रतिनिधिहरुले हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने साइन्स इन्फोटेकलाई बताउनु भयो । उक्त सम्मेलनमा भौतिकशास्त्र, गणितशास्त्र, कम्प्युटर साइन्स, इञ्जिनियरिंग तथा रोबटिक्स, जीव बिज्ञान र रसायन बिज्ञान तथा वातावरणीय बिज्ञान जस्ता बिषयमा यूवा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

थप जानकारीको लागि तल हेर्नुहोस्

तेस्रो यूवा वैज्ञानिक सम्मेलन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!