मुख्य समाचारविज्ञान

आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिने

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताउनु भयो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

युवा वैज्ञानिक सम्मेलन

युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषदको संस्थागत संरचना परिवर्तन गरी रोजगारी सिर्जना प्रभावकारी बनाइनेछ । युवाहरूको प्रतिभा पहिचान, परिचालन र प्रवर्द्धनका लागि नियमित रूपमा सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । युवाहरूले व्यवसायिक नेतृत्व लिने गरी क्षमता अभिवृद्धि र सूचनामा पहुँच अभिवृद्ध गरिनेछ । आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिनेछ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठ)

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को बजेटमा

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय स्थापनालाई १ अर्ब १० करोड

पारमाणविक अनुसन्धान केन्द्र स्थापना गरिने

अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गरिने

प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!