चिकित्सा विज्ञान

मिर्गौला फेल भएको कसरी थाहा पाउने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मिर्गौला सम्बन्धीत रोगमा हरेक व्यक्तिको सोच फरक फरक देखिन्छ । यस्को बारेमा राम्रो जानकारी हरेकलाई हुन आवश्यक छ । मिर्गौलाको समस्या अधिकांशलाई थाहै नभई देखिन सक्ने एउटा समस्या पनि हो । अधिकांश अवस्थामा यो रोगको लक्षण नदेखिन सक्छ । रोगको अन्तिम अवस्थामा मात्र यो रोग देखिने भएकाले समय समयमा पिसाब जाँचबाट प्रोटिन कम भए नभएको अवस्थामा यो रोग लाग्न थालेको सहज अनुमान लगाउन सकिने छ ।

यो पनि पढ्नुहोस्  

मृगौला खराब गर्ने आनी-बानीहरू

मृगौलाको पथरी हुँदा खान नहुने खानेकुराहरू

सन् २०२० सम्म कृत्रिम मृगौला बजारमा आउने

मिर्गौला रोग र मानव स्वास्थ्य

मिर्गौलाको दुखाई र पत्थरीको कारण र उपचार

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

यस्तो रोग प्राय: खानपिनको लापरबाही, जाड, रक्सी, धुम्रपानको अत्यधिक सेवन गर्नेहरूमा देखिने गरेको पाइन्छ । अधिकांश अवस्थामा रगत र पिसाबको जाँच बाट मिर्गौला खराब भए नभएको पत्ता लाग्न सक्छ । यो रोग लागेमा लामो समय उपचार गर्नुपर्ने हुन सक्छ भन्ने केहीको राय छ तर यो नितान्त गलत छ । मिर्गौला रोगको उपचार खासै महंगो हुदैन । मिर्गौलाको रोग लागेको व्यक्तिलाई पिसाबमा प्रोटिन कम हुनुलाई रोगको संकेत मानेको हुन्छ ।

Like & Follow us on Facebook

यदि पिसावमा प्रोटिनको मात्रा कम छ भने मिर्गौला रोगको संकेत भएको सहज अनुमान लगाउन सकिनेछ । सामान्य रगत परीक्षणबाट मिर्गौलाले कस्तो काम गरेको छ भन्ने थाहा हुन सक्छ । मिर्गौला रोग लाग्नुको प्रमुख कारण सुगर रोग र उच्च रक्तचापलाई प्रमुख दोषी ठहराइयको छ । दुवै मिर्गौलामा स-साना रगतका नलीहरू क्षतिग्रस्त हुनाले मिर्गौलाई नोक्सान गरेको हुनसक्छ । पहिलो अवस्थामा खानपिन, औषधि र व्यायामद्वारा यो रोग नियन्त्रण गर्न सकिने देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!