स्वास्थ्य

सेक्स किन आवश्यक छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौन सम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको चिकित्सकहरु बताउँछन् । नियमित सेक्स नगर्ने व्यक्तिमा यस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

तनाव

नियमित यौनसम्पर्क गर्न छोडेपछि देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो-सानो कुराले पनि तनाव दिने विशेषज्ञहरुले बताएका छन् । एक अध्ययनले देखाए अनुसार जो व्यक्ति यौनसम्पर्कबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन किनभने यौनसम्पर्क गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जसले तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

डिप्रेशन

नियमित यौनसम्पर्क नहुँदा पुरुषको साथ साथै महिलाहरुमा पनि डिप्रेशन देखिन्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन बढने

व्यस्तताका कारण यदि कुनै जोडिले यौनसम्पर्कका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

यौन दुर्वलता

मियमित यौनसम्पर्क नगर्ने व्यक्तिमा यौन दुर्वलता पनि देखिन सक्छ । सातामा कम्तीमा दुई पटक सेक्स गर्ने व्यक्तिमा नगर्नेको तुलनामा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) कम देखिएको एक अध्ययनको निश्कर्ष छ किनभने यौनसम्पर्क पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

उपचार

यस्तो समस्या देखिएमा महिलाको लागि (Helonias Dioica Q) १५ थोपा औषधि दिनमा २ पटक र Zandu Vigorex Capsule १ क्यापसुल दिनमा २ पटक खानाले राम्रो फाइदा देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढ्नुहोस्

नाकमा मासु पलाउने रोग र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!