हेल्थ टिप्स

विरेनुन र यसको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

बिरेनुनबारे नजानेको शायद को होला भन्ने कुरा यहाँ लेख्नु नपर्ने देखिन्छ । आज आधुनिक औषधीले सबैको दिमागबाट बिरेनुनलाई हटाइदिएको छ । औषधिको दुनियाँमा बिरेनुनलाई प्रमुख औषधीको रूपमा मानिएको छ ।

बिरेनुन पहिले-पहिले गाउँघरतिर घरका साना-साना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएतापनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्न सक्ने क्षमता रहेको औंल्याएका छन् ।

अनुसन्धानले के देखाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ । आज मैले बिरेनुन बाट सम्मपुर्ण पेटको रोग निको बनाउन बिरेनुनलाई कसरी प्रयोग गर्ने भन्ने बारे प्रकास पार्न गइरहेको छु । एक गीलास हल्का मनतातो पानीमा एक चुट्की बिरेनुन राख्नुहोस र राखेको बिरेनुनलाई घटाघट पिउनुहोस पेट सम्बन्धित सम्पुण रोग निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

किन कालो चिया नै खाने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!