जीवन-दर्शन

प्रकृति र यसको लिला

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

प्रकृतिको लिला अप्रमपार छ । हामीले सधै एउटा कुरा कदापि विर्सनु हुदैन की हाम्रो यो शरीर पनि प्रकृतिको उपहार हो । आज हामीले प्रकृतिको अवहेलना गरेका छौं र यही कारण रोगको दलदलमा प्रवेश गर्दैछौं । हामीले यदि रोग नलागोस भन्ने हो भने हामीले खाने हरेक बस्तुमा परिवर्तन हुन आवश्यक छ । प्रकृतिले दिएको जडिबुटी छोडेर हामीले रासायनिक तव्व मिश्रण गरेको औषधीको सेवन बढी गरी रहेका छौं । रोगको प्रमुख कारण भनेकै यी बस्तु हुन भन्ने कुरा बुझ्न आवश्यक छ ।

हाम्रो खानपिन सवै प्रकृतिभन्दा भिन्द छ । रोगको प्रमुख कारण भनेकै हाम्रो खानपान र रहन सहन प्रमुख छ । दु:खित खानाले रगतलाई समेत दु:खित पार्दछ । दु:खित रगतले मानिसको दिमागलाई समेत दु:खित पार्छ । दु:खित रगतले मानिसलाई गलत काममा उक्साउछ ।

रगत शुद्ध भएमा कालान्तरमा कुनै पनि रोग नलाग्ने हुन्छ यही कारण सत्ययुगका मानिस निरोगी थिए र उनीहरूमा कुनै खराबी थिएन धेरै लामो आयुसम्म बाचेका थिए भन्ने प्रमाण फेला परेको छ । न भगवान थिए न छन् भगवान भनेको त हामी जस्तै मानव थिए । उदाहरणको रूपमा हामीले गौतम बुद्धलाई लिन सकिन्छ । आज मानव भएपनि बुद्धलाई भगवानको रूपमा पुज्ने चलन छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

सृष्टिको नियम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!