राजनीति

अशान्ति किन हुन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खाली समय सैतानको घर भन्ने उखान त सुन्नु भएको होला । जब-जब मानिस बेरोजगार हुन थाल्दछ खाली समयमा थुप्रै कुरा सोच्ने अवसर पाउन थाल्दछ । आज मै खाउ मै लगाउ भन्ने भावना नभएर हामीले खाउँ हामीले केही गरौं भन्ने भावनाको बिकास जबसम्म नेपालमा हुदैन तबसम्म शान्ति सम्भव कदापि हुने छैन ।

यो पनि पढ्नुहोस्

समय र यसको महत्व

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

यदि जिल्ला, अंचल र गाउँ-गाउँमा सरकारले उद्योग स्थापना गराउन सकेको भए मानिस खाली हुने थिएनन् मानिस खाली नभए सोच्ने अवसर मिल्ने थिएन । देशलाई अशान्तितर्फ धकेल्ने काम स्वार्थले गरेको देखिन्छ । बजेट निकासा त हुन्छ विकासका लागि नभएर व्यक्तिगत स्वार्थमा खर्च हुन्छ । दुरगामी विचार नभएको हुनाले अशान्ति फैलिएको छ । यही अवस्था रहेमा देश ओरालो लाग्नेछ ।

यहाँ धर्म परिवर्तन गराउन, अरूको घर भत्काउन अधिकार छिन्ने जस्ता काममा ध्यान पुगेको छ । तर व्यक्ति बेरोजगार भए आन्दोलन गर्न सक्छन् भन्नेतिर कसैको ध्यान पुग्न सकेको छैन । यहाँ सिटको दुरुपयोग भएको छ । सिट त ५ बर्षको लागि मात्र हो यो पाँच बर्षभित्र मैले केही गर्नुपर्छ भन्ने भावनाको विकास जबसम्म हुदैन तबसम्म यहाँ शान्ति सम्भव छैन भन्ने मलाई लागेको छ ।

Like & Follow us on Facebook

एउटा कुरा हमेसा हामीले बुझ्न आवश्यक छ त्यो हो जनताको समस्या के हो ? के चाहन्छन् जनता ? आज जतिपनि आन्दोलन भए सवै व्यक्तिगत स्वार्थमा भए कमाउनेले कमाए दु:ख भोग्नेले भोगे यसैको प्रतिफल आज जनताले भोग्दैछन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!