चिकित्सा विज्ञान

खोप र यसका फाइदाहरु

खोप भनेको रोग लाग्नबाट बचाउन भ्याक्सीन दिई शरीरको रोगसंग लड्ने क्षमता बढाउनु हो । बच्चा जन्मेपछि रोगबाट बचाउन विभिन्न खोप दिनु आवश्यक छ । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा-रुवेला लगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ । आजीवन रोग लाग्नबाट बचाउन खोपको प्रयोग गरिन्छ अधिकांश खोपहरु बच्चा जन्मेदेखि एक बर्षको उमेर भित्रै पूरा गर्नुपर्छ । खोप लगाउनुका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

खोपले कसरी काम गर्छ ?

मानिसको शरीरमा खोप किन दिइन्छ ?

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

पानीको कमिले शरीरमा देखिने समस्याहरु

खोप लगाउनुका फाइदाहरु

१. बच्चा जन्मिएपछि खोप तालिका बमोजिम तोकिएको समयमा तोकिएका सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ।

२. बालबालिकामा रोग लाग्ने दर, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ।

३. बालबालिकामा लड्ने क्षमता कम हुने हुनाले सबै खोपको मात्रा दिएमा विभिन्न सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ।

Like & Follow us on Facebook

४. आमा र नवजात शिशुमा धनुष्टङ्कार रोगबाट बचाउन गर्भवती महिलालाई २ मात्रा टि डि खोप दिनुपर्छ ।

५. बालबालिकालाई नियमित रुपमा सम्पूर्ण खोप लगाउनाले बच्चाको शारीरिक तथा मानसिक बिकास हुनुको साथै बिभिन्न संक्रामक रोहरुबाट बचाउन सकिन्छ ।

६. बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गताबाट बचाउन र मृत्युको खतराबाट बचाउन सबै खोपका मात्राहरु पूरा गर्नुपर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!