विज्ञान

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व ! हिन्दू धर्ममा पीपललाई देव वृक्ष अर्थात् देवताहरूको रुख मानिएको छ । स्कन्द पुराणमा भनिए अनुसार पीपलको बोटमा देवीदेवताहरूको वास हुन्छ । पीपल भगवान् विष्णुको जीवन्त एवं पूर्णतः मूर्तिमान स्वरूप हो । गीतामा कृष्णले भनेका पनि छन्- वृक्षहरूमा म पीपल हुँ । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ ।

अथर्ववेदको उपवेद आयुर्वेदमा पीपलका औषधीय गुणहरूका बारेमा उल्लेख गर्दै यसबाट अनेकौं असाध्य रोगहरू निको हुने कुरा उल्लेख गरिएको छ । पीपलको बोट तल बसेर गरिने सबै किसिमका मन्त्र, जप र ध्यान सार्थक र शुभ हुने कुरा शास्त्रहरूमा उल्लेख छ । पीपलको महत्व धार्मिक दृष्टिले मात्रै नभई आयुर्वेद दृष्टिले समेत उत्तिकै ठूलो महत्व छ । आयुर्वेदमा पनि यो बोटको निकै ठूलो महत्व छ । पिपलको पात, फल, डाँठ सबै औषधिका रूपमा प्रयोग गरिन्छ ।

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

१. पीपलमा विषरोधी क्षमता हुन्छ । कुनै विषालु जीवजन्तुले टोकेमा उक्त व्यक्तिलाई थोरै समयको अन्तरालमा पीपलको पातको रस पिउन दिँदा विषको प्रभाव विस्तारै कम हुन थाल्छ ।

२. कमलपित्त भएको अवस्थामा पीपलको ३-४ वटा पातको रसमा मिश्रीपानीमा मिलाएर दिनमा दुईपटक पिउँदा ४ देखि ५ दिनमै सकारात्मक असर देखा पर्छ ।

३. पीपलको पातमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ तसर्थ यसलाई नियमित चपाएर त्यसको रस निल्दा तनाव हट्नुका साथै तरोताजा एवं ऊर्जावान् महसुस हुन्छ ।

४. श्वासप्रश्वाससम्बन्धी समस्यामा पनि पीपलले निकै फाइदा पुर्‍याउँछ । पीपलको बोक्राको भित्री भागलाई सुकाएर धूलो पारी त्यसको सेवन गर्दा वा पीपलको पातलाई दूधमा उमालेर खाँदा दमका रोगीलाई फाइदा पुग्छ ।

५. पेटसम्बन्धी समस्या छ भने पीपलको फलले राम्रो लाभ पुर्‍याउँछ ।

६. पीपलको बोक्रा वा पात कुटेर त्यसको रस निकालेर छालामा लगाउँदा छाला मुलायम एवं सुन्दर बन्नुका साथै चाउरीसमेत हटाउँछ ।

यो पनि पढ्नुहोस्

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

मखमली फूल र भाई तिहारको सांस्कृतिक महत्व

तुलसीको धार्मिक महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!