आयुर्वेद

आयुर्वेदिक औषधि निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदमा काष्ठ औषधिको महत्व ठूलो छ । यही कारण हरेक औषधि निर्माता कम्पनी र चिकित्सको लागि वनस्पतिको ज्ञान परमावश्क छ तर केही चिकित्सक र औषधि कम्पनी यस्ता छन् जसलाई सम्यकरूपेण वनस्पतिको पहिचान गर्न सक्ने छन् भने केही छैनन् ।

यस्तो अवस्थामा सहि जडिबुटी नभएर गलत जडिबुटी पर्नाले औषधिको गुणस्तर खस्केको हुन्छ र यसले केवल नोक्सान गर्न सक्छ । सानो उदाहरण भनौं अमलाई त्यसै टिपेर सुकाउदा समय बढी नष्ट हुने हुनाले यसलाई उमालेर सुकाउदा चाँडो सुक्ने हुनाले यस्ता अमलाबाट बनाइएका औषधिहरू गुणस्तरहिन भएको हुन्छ ।

कच्चा पदार्थ खरिद गर्दा यस्ता कुरामा ध्यान दिन नसक्दा कतिपय गलत औषधि पर्न गएको हुन सक्छ । काष्ट औषधि प्राय: १ बर्षपछि गुणस्तर हिन हुन जान्छ । यस्ता औषधि खरिद गर्दा समयको ध्यान दिन आवश्यक छ । औषधि निर्माण गर्दा सकेसम्म ताजा औषधि नै प्रयोग गर्नु उत्तम मानिएको छ ।

कच्चा पदार्थ खरिद गर्दा हमेसा ताजा हुनुपर्छ । सुकेको धुलेसो लागेको जडिबुटी खरिद गरेर बनाएको औषधि स्वास्थ्यको दृष्टिकोणले पनि त्यति राम्रो मानिदैन । जडिबुटी औषधि परिचय (Pharmacology) र औषधि निर्माण (Pharmacy) को लागि आफ्नै जडिबुटी उत्पादन गरेर औषधि उत्पादन गर्न सकेमा मात्र आयुर्वेद विज्ञानको नाम उचो हुनेछ ।

एलोपैथिक औषधि निर्माणमा लगभग आधि इनै जडिबुटी समावेस गरिएका हुन्छन् जस्तै जरा, फुल, फल, बोक्रा, विउ, दूध, गुद र काष्टद्वारा नै उत्पादन गरेको हुन्छ । ऋतु अनुसार वनस्पतिको गुणमा धेरै फरक भएको हुन सक्छ । जस अनुसार प्राणीको जीवनमा बाल्यकाल, तरणावस्था र वृद्धावस्था तीनकाल आउने गर्दछ ।

वनस्पति (Vegetable Kindom ) मा पनि तीनैवटा अवस्था आएको हुन्छ । जडिबुटीको उत्तम अवस्था भनेको तरूण काललाई महत्वपूर्ण मानेको छ । सवैभन्दा अहम प्रश्न यहाँ देखिन्छ त्यहो जडिबुटी कहाँबाट खरिद गर्ने त ? हाम्रो देशको कुरा गर्नुपर्दा पहाड होस् या तराईमा किन नहोस् जडिबुटीको गुणस्तर कमजोर नभएको धेरैको मत छ । आउनुस औषधि निर्माण गर्दा चाहिने कच्चा पदार्थ कस्तो हुनुपर्छ र कतिबेला झिकेको औषधिको गुणस्तर राम्रो हुन सक्छ भन्नेबारे जानौं ।

आयुर्वेदिक औषधि

जरा

जरा उखाल्दा कस्तो अवस्थामा राम्रो हुनसक्छ भन्ने कुरा महत्वपूर्ण छ । शरद ऋतुमा माथिबाट तलतिर रस बग्ने भएकाले यो बेला निकालेको उत्तम भनेको छ ।

फूल

फूल हमेसा राम्रोसंग फक्रेको ठिक भनेको छ भने कतिपय फूल पुर्ण विकसित नहुदै लिने तोड्ने भनेको छ । फूल हमेसा साझ र विहान तोड्नु भनेको छ ।

फल

फल हमेसा पूर्ण र परिपक्व फल नै उपयोगी भनेको छ । तर कतिपय अवस्थामा भने नपाक्दै लिनुपर्ने हुन सक्छ जस्तै अमचुर । पुरा पाकेको आपको गुण भन्दा पुरा नपाकेको आँप बढी उत्तम भनेको छ ।

बोक्रा

वृक्षको बोक्रा हमेसा युवा अवस्थामा निकालेको उत्तम मानिएको छ । बुढो सुकेको अवस्थामा रस नहुने हुनाले यसको गुणस्तर कमजोर हुन सक्छ ।

बिउ

बिउ हमेसा राम्रोसंग पाकेको उत्तम मानेको छ ।

दूध

दूध त्यस्तो अवस्थामा झिक्नु जतिबेला सवै हाँगा शाखाहरूमा प्रयाप्त दूध जम्मा भएको होस् ।

समय

जडिबुटी निकाल्ने समय सवैभन्दा महत्वपूर्ण मानिएको छ । सूर्योदय भन्दा पु्र्व प्रातकालको समय सवैभन्दा उत्तम मानेको छ । जडिबुटी दिउसो निकाल्दा रस सुकेको हुन सक्छ ।

नोट : मेरो अनुभव अनुसार यदि यो नियमलाई पालना गरेर औषधि निर्माण गरिन्छ भने औषधिको गुणस्तर राम्रो हुन सक्छ । आज आयुर्वेदिक जडिबुटी बदनाम हुनुको प्रमुख कारण जस्तो पायो त्यस्तै जडिबुटी प्रयोग गरेर भएको हुन सक्ने हाम्रो ठहर छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

आयुर्वेदिक औषधि र नेपालको अवस्था

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!