आयुर्वेद

औषधिको रुपमा बकाइनोको प्रयोग

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । तपाईहरुलाइ थाहा नै होला बकाइनो बाख्रहरुको प्रिय खाना हो । यसको उपयोगिता बाख्रामा मात्र सिमित छैन । यसको उपयोग गरेर हामी धरै किसिमका रोग निको पर्न सक्छौ । यसबाट स्वास्थ्यका लगि निम्न फाइ्र्रदाहरु लिन सकिन्छ ।

यो पनि पढ्नुहोस्

पीपल र यसको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

जामुन र यसको प्रयोग

१. वाथ भएमा

बकाइनोको गेडा रायो सर्सिउमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

२. रगत जमेर गाँठो भएमा

बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

३. चिलाउने रोगमा

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

४. सेतो दूबीमा

१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

५. दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

Like & Follow us on Facebook

६. पत्थरी रोगमा

बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

७. जुका परेमा

बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १/१ बिहान/बेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।

८. स्त्रीको मासिक धर्म बढी भएमा

बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।

९. स्त्रीको मासिक धर्म रोकिएमा

बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

१०. गर्भाशय शुद्धिका लागि

बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!