Uncategorized

चुरोट पिउदा महिलालाई पुरुष भन्दा बढी हुने खतराहरु

धुम्रपान क्यान्सर र मुटु रोगको प्रमुख कारण हो । चुरोट पिउने मान्छेले शरीरमा निकोटिन थुपार्छ । निकोटिन लागूपदार्थ हो र यसलाई छोड्न धेरै गाह्रो हुन्छ । धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै महंगो बन्न सक्छ । उनीहरुले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा गराउँछ । चुरोट पिउदा महिलालाई पुरुष भन्दा बढी हुने खतराहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

चुरोट कसरी छोड्ने ?

क्यान्सरका कारक तत्वहरु

क्यान्सर रोगीले खानैपर्ने जुसहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

के हो क्यान्सर ? यसको उपचार कसरी गर्ने ?

क्यान्सर र यसको उपचार

१. गर्भपतनको खतरा

चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न समस्याहरु देखापर्छन् । जसले महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ ।

२. भ्रुणको विकासमा रोक

गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन् । त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ ।

३. स्तनपान

जुन महिलाले धुम्रपान गर्छिन् ति महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ । जसले उनको बच्चामा नकारात्मक असर पर्छ ।

४. बच्चामा कुपोषण

अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन् । गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमि हुन्छ ।

Like & Follow us on Facebook

५. हड्डी कमजोर हुने

एक अनुसन्धानको अनुसार चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ । अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ । जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ ।

६. मुटु, फोक्सो र मृगौलामा असर

चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ । त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्छ । पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ ।

७. दम

धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ ।

८. चाउरीपना

पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ । त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ । जुन महिला चुरोट पिउँछन् ती महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!