स्वास्थ्य

पिसाव पोल्ने रोग र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिसाव पोल्ने धेरै कारणहरु छन् । त्यसैले पिसाव पोल्ने समस्या लिएर अस्पताल धाउनेको संख्या दिनानुदिन बढदै गएको छ । सामान्य सावधानी अपनाउदा समाधान हुने कतिपय समस्याहरु जानकारीको अभावमा विकराल भएको पनि पाइएको छ । तसर्थ पिसावका बारेमा समान्य जानकारी हुन आवश्यक छ । खासगरि शरीरमा रहेको अनावश्यक तत्व पिसाव र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्धारा शरीरमा रहेका विकार पदार्थ बाहिर निकाल्ने प्रक्रिया पिसाब हो ।

पिसाब थैलीमा पिसाब भरिने बित्तिकै स्नायु प्रणालीको संकेत मार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक दुई मिनेट भित्रै फ्याँक्नु पर्छ । एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ तर त्यो भन्दा धेरै वा कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ ।

पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिँउदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ । पिसाब पोल्ने समस्या हल गर्न महको राम्रो भुमिका देखिएको छ । महलाई सहि तरिकाले प्रयोग गर्न सकेमा यसले थुप्रै रोगमा राम्रो फाइदा हुने देखिन्छ । आज हामीले महको उपयोगबारे प्रकाश पार्नेछौं ।

यो पनि पढ्नुहोस्  

पिसाब चुहिने समस्याको निदान

किन पिसाब रोक्न सकिँदैन ?

पिसाब चुहिने अवस्थाको प्रकार

पिसाब चुहिने समस्याको उपचार

पिसाबमा हुने संक्रमणको कारण र उपचार

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्यको जानकारी

बहुमूत्र अत्यधिक पिसाब हुने रोगको लक्षण र उपचार

प्रकृतिले मानवको लागि धान, चामल, फलफूल लगायत बाँच्नको लागि औषधि दिएको छ तीमध्ये सवै भन्दा उत्तम दूध र महलाई लिइएको छ । महको औषधि बनाउनेबारे जानकारी पस्कनु पुर्व पिसाब कमहुनु सक्रमणको लक्षण हुने भएकाले पिसाब जचाएर डाक्टरको परामर्शमा उपचार गराउन सके राम्रो हुने हाम्रो राय छ ।

औषधि बनाउने तरिका

१. महको शर्बत ७५ग्राम र शितल चिनी ४ ग्राम मिश्रण गरेर पिउनाले तत्काल फाइदा देखिन्छ ।

२. मधुमेहका रोगीले एक चमच मह र आधा चमच जति शिलाजीत नित्य केहि दिन सेवन गराउनाले बढी पिसाब हुने समस्या हल गर्दछ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!