आयुर्वेद

एलर्जी गराउने भलायोका चमत्कारिक फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भलायोलाई हिन्दी भाषामा भल्लतक या भिलावा अङ्ग्रेजीमा Marking Nut (Semecarpus Anacardium), संस्कृतमा अरूष्कारा र नेपाली भाषामा भलायो आदि नामले पनि चिनिन्छ । यो रूख छुने पात खेलाउने अधिकांश व्यक्तिहरूलाई एलर्जीक हुने गरेको पाइन्छ ।

आयुर्वेदमा तत्काल असर गर्ने भलायोको अनौठो गुणको कारण यसलाई नचिन्ने प्राय: कम छैनन् । आयुर्वेदिमा बहुउपयोगी फलको रूपमा यसलाई चिनिन्छ । यसले मानव स्वास्थ्यलाई अनौठो तरिकाले निको पार्दछ ।

नेपालको भु-भागमा यस्ता थुप्रै चमत्कारिक गुण भएका औषधि छन् तर सहि तरिकाले प्रयोग नहुनाले फाइदा लिनबाट हामी पछि परेका छौं । भलायोको उपयोग के कस्ता रोगमा गर्न सकिन्छ भन्नेबारे योग्य वैद्यको निर्देशनमा सोधेर मात्रै औषधिको रूपमा प्रयोग गर्न हामी आग्रह गर्दछौं ।

यसको फल, पात, चोप वा विरुवाको अरु कुनै भागको सम्पर्कमा आएपछि कसै-कसैलाई एलर्जी हुन सक्छ । यसको फल खल्लो हुन्छ तर पाकेपछी गुलियो हुन्छ । आन्तरिक संचालन प्रकृयामा असहजता, छालाको भित्री भागमा गाँठागुँठी आएमा यसको फलभित्रको गुटीको सेवन गरिन्छ ।

आयुर्वेद ग्रन्थमा यसको उपयोग कलेजोको कार्यलाई दुरुस्त राख्न, यौनशक्ति बढाउन, रगत बग्न नदिन, जीउलाई न्यानो र छालालाई नरम बनाउन, नशा र जोर्नीका रोग, साइटिका, अजीर्ण-अपच, पेटमा अंकुशे जुका परेमा, जीउको आन्तरिक संचालन प्रक्रिया प्रयोग गरिन्छ ।

कुनै पनि औषधि विरामीलाई दिनुपुर्व यसको पुर्ण जानकारी भएमा मात्र आफ्नो विरामीलाई दिने बानी बसाल्नु पर्दछ । अधिकांशलाई एलर्जीक हुने भएकाले आयुर्वेद डाक्टरसंग परामर्श लिएर मात्र सेवन गर्नुपर्दछ । यो फल तराई तथा मध्य पहाडी क्षेत्रहरूमा पाईन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

गाजा र यसको उपयोगिता

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!