स्वास्थ्य

होम्योपैथीक औषधि र मानसिक रोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसको दिमागी सन्तुलन बिग्रेर अथवा मानसिक असन्तुलनका कारण देखापर्न सक्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ । मानसिक स्थिति खराब अथवा कमजोर भएमा कति पाए मान्छेहरू बौलाउने पनि गर्दछन् । मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवैतर्फ हुन्छ । यसैले मानसिक रोगको असर पनि मन र मष्तिस्क दुवैमा पर्न जान्छ । प्राय: जसो मानसिक रोगी हुन सक्ने मुख्य कारणहरू यस प्रकार अनुभव गरिएको छ ।

मानसिक रोगको कारणहरु

मानसिक रोगको सिकार भएका मानसिक रोगीहरूको अवलोकनानुशार मानसिक रोग महिला पुरुषमा लाग्न सक्ने कारणहरू यस प्रकार छन् :

१. आर्थिक स्थितिको कमजोरी
२. पारिवारिक कलह
३. सन्तानमा असन्तुष्टि
४. सेक्समा असन्तुष्टि
५. बेरोजगार आदि ।

मानसिक रोगको उपचार

आज नेपालमा दिन प्रतिदिन यस्ता रोगमा वृद्धि भएको छ । औषधि उपचार गर्दा अधिकांश विरामीलाई दिमाग लट्ठ पार्ने खालको औषधि दिने चलन बढी देखिन्छ । रोगको वास्तविक कारण पत्ता लगाएर उपचार दिन सके मलाई लाग्छ यो ठूलो समस्या होइन । तर लामो समया औषधि दिएर उपचार गराउदा ड्रग्स रेजिस्टेण्ड भएर झन ठूलो समस्या आई लागेर सुसाइटसम्म गरेको घटना देखिएको छ । आज मैले होम्योपैबाट उपचार गर्ने विधिबारे प्रकाश पार्ने जमर्को गर्दैछु ।

औषधि

Avena Sativa Q : यो औषधि १५ थोपा दिनमा ३ पटक एक कप पानीमा राखेर खान दिनाले निन्द्रा लाग्दछ । यसको कुनै साइडइफेक्ट छैन । हामीले यस्ता विरामीहरूलाई दिने गरेका छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

डिप्रेसन र यसको उपचार

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!