आयुर्वेदहेल्थ टिप्स

अँडिरको तेल (Caster Oil) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

अँडिरको तेल (Caster Oil) र यसको प्रयोग । के पात कम्मरमा बाध्नाले महिलाको महिनारी हुँदा तल्लो पेट दुख्ने समस्या हल होला त ? हुन्छ तर यो कुनपात हो जसले यस्तो चमत्कारयुक्त काम गर्न सक्छ । आजकल यस्ता चिजमा मानिसले विश्वास गर्न छोडिसकेका छन् भन्दा खासै फरक पर्दैन । आयुर्बेदिक कम्पनीले यसको तेल बनाएर बजारमा ल्याएको छ । यो तेल गन्ध रहित हुन्छ । यो तेलको प्रयोले अनेक रोग निको बनाउन सफल छ ।

हाम्रो गाउँघरमा पहिले बारीमा उम्रने एक प्रकारको सानो रूख जसलाई हामी अँडिर भन्दछौं । आजकाल यो पनि लोप हुदैछ । यस्ता अनेकौं जडिबुटी लोप हुदैछन् यसतर्फ सवैको ध्यान जान आवश्यक छ । यसको पात र फल जरा सवै काममा आउछ ।

यो पनि पढ्नुहोस्  

कालो तिल र यसको प्रयोग

धतुरो र यसको प्रयोग

मधुमेहको सफल उपचारमा बरको प्रयोग

नीम र यसको प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

सर्पगन्धा र यसको प्रयोग

फलको भित्रको दाना निकाले र मासिक धर्म भएको पाचौं दिनमा १ दाना खाएमा एक महिना गर्भ रहदैन भनेको छ तर हामीले प्रयोग गरेर हेरेका छैनौं यसमा अनुसन्धान हुन आवश्यक छ । यसको पात ल्याएर तल्लो पेटमा राखेर पटुका बाध्नु चमत्कार देखाउछ । महिनावारी हुँदा तल्लो पेट दुख्ने दिदी बैनीले अवश्य प्रयोग गरेर लाभ उठाउन म आग्रह गर्दछु । यसको अन्य प्रयोगबारे यहाँ प्रकाश पार्ने जमर्को गर्दैछु ।

यो औषधिको नाम हिन्दिमा अरंडी र इङ्लिसमा कास्टर आयल नामले बोलाउने गरेको पाइन्छ । नेपालीमा यसको नाम अँडिर भन्ने गरिन्छ । यो औषधि बहुउपयोगी छ लोप हुनबाट बचाउ भन्ने मेरो आग्रह छ ।

Like & Follow us on Facebook

प्रयोग

१. छाला सम्बन्धित रोगमा

अँडिरको जरालाई २० ग्राम जति कुट्नु होस ४०० मिली जति पानीमा पकाउनुहोस् र १००मिली बाँकी रहेपछि पिउन दिने यो ठूलो मान्छेको डोज हो । यसको प्रयोगले छाला सम्बन्धित रोग निको हुन्छ ।

२. कपाल उमार्न

कास्टर आयल अँडिरको तेल बच्चा होस या बुढो सवैलाई टाउकोमा मालिस गर्नाले कपाल उम्रन थाल्दछ ।

३. यसको तेलको प्रयोग

पेट साफ राख्न उपयोगी छ । दुधसंग दिनाले पेट साफ राख्न राम्रो काम गर्दछ ।

४. पेटका जुका चुर्ना मार्न

साना ठूला बच्चाहरुको पेटमा जुका परेकोमा अँडिरको तेल खान दिनुको साथै यस्को पात थिचेर चाकमा रस लगाउनाले चुर्ना जुका मार्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!