चिकित्सा विज्ञानस्वास्थ्य

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

Dr. Ram Bdr Bohara

डा. राम बहादुर बोहरा

साइलीशिया (Silicea) बारे मेरो लामो अनुभव यहाँ दिन गइरहेको छु । यो नाक, कान, घाँटीको उपचारदेखि नपाक्ने जस्तोसुकै घाउ खटिरामा पकाउने पिप सुकाउने काम यो औषधिले गर्दछ । पिनासको कारणले यदि हजुरको आँखाबाट आँशु बगिरहेको छ भने यस्को सेवनले यो रोग निको हुन्छ ।

कानबाट पिप बगेको छ भने यो औषधिले सुकाउने काम गर्दछ । नेजल पोलीपसको कारण परेसान हुनुहुन्छ वा लामो समय एलर्जीक समस्याका कारण नाकबाट पानी बगिरहेको छ भने यो औषधिको सेवनले यो समस्या हल गर्दछ ।

शरिरको कुनै पनि भागमा फलाम होस वा कुनै बस्तु पसेर अप्रेसन गर्नुपर्ने भएमा यो औषधि सेवन गराउनाले त्यो ठाउँ पकाएर भित्रको बस्तु बाहिर निकाल्ने काम साइलीशिया (Silicea ) ले गर्दछ । एउटा अनौठो औषधि जसले चमत्कारयुक्त काम गरेर हामीलाई चकित पारेको छ ।

यो पनि पढ्नुहोस्

धेरै रोगको अचुक औषधि साइलीसिया (Silicea)

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

लामो समयसम्म रहने रूघा औषधि सेवन गर्दा समेत निको नहुने नाकबाट पानी बगिरहेको छ भने यो औषधिको सेवनले राम्रो फाइदा गर्दछ । पिठिउमा हुने घाउ जसलाई हामीले कारबंकल नामले पुकार्छौ यस्तो खालको घाउको पिप सुकाउन राम्रो फाइदा गर्दछ ।

औषधि गर्दा गर्दा थाक्नु भएको छ भने यो औषधि प्रयोग गरेर हेर्नुहोस् नसोचेको सफलता हजुरको हात लाग्नेछ । यो औषधि वायोकेमिक टिसु रेमिडिमा आधारित छ । यस्ता औषधिले कुनै पनि साइड इफेक्ट नगरी रोगलाई जरैदेखि फाल्ने काम यो औषधिले गर्दछ ।

मानव स्वास्थ्यमा प्रयोग हुने जस्तोसुकै औषधि किन नहोस् यस्ले कुनै पनि असर नगरी रोग निको बनाउन सक्छ भने त्यस्ता औषधि प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । होम्योपैथीक औषधि अधिकांश जादु जस्तो काम गर्ने खालका छन् सहि तरिकाले यस्ता औषधिबाट क्यान्सरको घाउ समेत निको हुने मेरो अनुभव छ ।

Like & Follow us on Facebook

केहि बर्ष पहिले म भारतमा हुदाँ ब्रेष्ट क्यान्सरको शंका लागेर डाक्टरहरूले काटेर फाल्ने परामर्श दिएका थिए मैले त्यो बिरामीलाई यो औषधि सेवन गर्ने सल्लाह दिएको थिए बिरामीले औषधि सेवन गरेको केहि दिनमा घाउ पाकेर आफै फुटेछ । पिप बगेपछि घाउ क्रमश: ठिक भएपछि पुन सर्जनलाई देखाउदा रोग ठिक भएको देखेपछि मैले प्रशंशा पत्र पाएको थिय यस्ता अनेकौं पटक मैले यो औषधिको चमत्कार देखी सकेको छु ।

आजकाल ग्लेन्डडुलर (Glandular swelling) का केस हाम्रो क्लिनिकमा आउने गरेको पाइन्छ ग्लेन्डुलर भन्नाले घाँटीमा हुने एक प्रकारको घाउ जसलाई हामीले गलफुलो भन्ने गर्छौं यो बिग्रन गएमा क्यानसर हुने खतरा बढ्दछ यो रोगमा यो औषधि सेवन गराउनाले राम्रो फाइदा गर्दछ । पिप बगरे घाउ निको पार्दछ ।

मात्रा : यो औषधिको ४ गोली ठूलो मानिस र २ गोली सानो मानिसलाई दिनमा ४ पटक सेवन गराउनाले राम्रो फाइदा गर्दछ । यो औषधि खानापछि वा अघि दुबै समय खान सकिन्छ ।

*हरेक औषधी डाक्टरको सल्लाह लिएर मात्र खानुहोला !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!